Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ऋणपत्र जारी गर्दै इन्भेष्टमेन्ट बैंक

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैक लिमिटेडले माघ १६ गतेबाट ऋणपत्र जारी गर्ने भएको छ । बैंकले निष्कासन गर्न लागेको ऋणपत्रको नाम ‘८।५ प्रतिशत नेपाल इन्भेष्टमेन्ट बैंक बण्ड’ रहेको छ । कम्पनीले प्रतिऋणपत्र १ हजार अंकित मुल्यका ४ अर्ब रुपैयाँको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको जनाएको छ । बैंकले निष्कासन गर्ने कुल ऋणपत्रमध्ये २ अर्ब ४० करोड रुपैयाँको ४० लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट बिक्रि गर्ने भएको छ । १ अर्ब ६० करोड रुपैयाँको १६ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि बिक्रि गर्ने भएको हो । उक्त ऋणपत्रमा २५ कित्ता देखि अधिकतम २ लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । ऋणपत्र माघको २० गतेसम्म बिक्रि तथा खुल्ला रहनेछ ।
ऋणपत्रको निष्कासन तथा बिक्रि प्रबन्धकमा आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगाती गर्न इच्छुकहरुले धितोपत्र बोर्डबाट अनुमति पाएका सि आस्बा सेवामा सहभागी बैक तथा वित्तीय संस्थाहरु र उनीहरुले तोकेका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्ने बैंकले जनाएको छ ।