Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

ऋण रोक्दै बैंकहरू

काठमाडौं । चालु आर्थिक बर्षमा बाणिज्य बैंकहरूको ऋण लगानी ३४७ अर्ब ९० करोड रुपैयाँले बढ्दा निक्षेप संकलन भने जम्मा २७२ अर्ब ८० करोड रुपैयाँले मात्र बृद्धि भएको छ । चालु बर्षको पहिलो दिनदेखि जेठ १७ गतेसम्म बाणिज्य बैंकहरूको निक्षेप २७ खर्ब ४२ अर्ब ६० करोड रुपैयाँ पुगेको छ । पछिल्लो दुई सातामै निक्षेप २० अर्ब रुपैयाँले बढेको छ । अण लगानी २४ खर्ब ५८ अर्ब ६६ करोड पुगेको छ । दुई सातामा ऋण बिस्तार भने साढे ६ करोड रुपैयाँ मात्र भएको छ । पछिल्लो समय बैंकहरूले ऋण बिस्तार रोक्दै लगेका हुन् । निक्षेप र ऋणको सन्तुलन मिलाउन तथा अन्तिममा दिएको ऋण समस्यामा गए नोक्शानी ब्यवस्थापन बढ्ने भएर पनि रोक्न थालेका हुन् । जेठ १७ गतेसम्म विकास बैंकहरूको कुल निक्षेप ३ खर्ब ७० अर्ब ५५ करोड रुपैयाँ पुगेको छ । ऋण बिस्तार पनि ३ खर्ब ३५ अर्ब ७० करोड नाघेको छ । फाइनान्स कम्पनीहरूको निक्षेप ७० अर्ब पुगेको छ भने ऋण ६५ अर्ब ४० करोड पुगेको छ ।