Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एआईजीको घरमा सहयोगी झुण्डिए

काठमाण्डौ । मानवीय हराएको चरित्रलाई पदको ख्याल हुँदैन । तल्लो तहको कर्मचारीलाई कजाउन पाए उनीहरुलाई पुग्छ । हाकिमहरु कठोर हुँदा निम्नि तहका कर्मचारीले नियमले पाउने बिदा स्वास्थ्य उपचार, खर्चसमेत पाउदैन । यहि परिस्थितिमा नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक एआईजी कमल सिंह बमको घरमा कार्यरत प्रहरी सहयोगीले आत्महत्या गरेका छन् ।

कागेश्वरी मनहरा नगरपालिकाको मुलपानीस्थित ग्रिनहिल सिटीमा रहेको बमको घरमा कार्यरत प्रहरी परिचर बासुदेव धमलाले बिहीबार बिहान झुन्डिएर आत्महत्या गरेका हुन् । कोभिड–१९ संक्रमणको दोस्रो चरण शुरु भएपछि उनलाई बस्न बम परिवारले छुट्टै टहरो बनाइदिएका थिए । घर नम्बर ६७४ सँगै रहेको टहरोमा धमलाले आत्महत्या गरेका हुन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिस्ठान महाराजगञ्जमा दरबन्दी भएका धमला ४ वर्षदेखि बमको घरमा नोक्करको रुपमा कार्यरत थिए ।

धमला पत्थरीको बिरामी भएको र अप्रेशन गर्न बिदा माग्दा बमले हेडक्वार्टरबाट अर्को मान्छे पठाए मात्र बिदा पाउँछौ भनेर हप्काए पछि उनले आत्महत्या परिवारका सदस्यहरुले बताएका छन् । मृतक धमला ओखलढुंगाका हुन् ।


सम्बन्धित समाचार

सिटौलाको आकांक्षामा तँगारो

२०८२ चैत्र ४

ताजा नेपाल

कालो इतिहासका मुल पात्र

२०८२ चैत्र ४

ताजा नेपाल

आरती उतारेर पनि भएन उपाय

२०८२ चैत्र ४

ताजा नेपाल