Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । चुनावको मुखमा सरकारले नेपाल प्रहरीमा तीनजना एआईजी थपेको छ तर व्यक्ति छनोट नगर्दा चर्चामा रहेका धीरजप्रताप सिंह, रविन्द्र धानुक, उत्तमराज सुवेदी अलमलमा परेका छन् । मन्त्रीपरिषद्ले नै दरबन्दी थप गर्दा व्यक्ति छनोटसँगै नगर्दा प्रहरीभित्र झन अन्योल सिर्जना भएको हो । डिआईजी रविन्द्र धानुक विरुद्ध सरकारमा सहभागी दलहरुनै जुटेका छन् । जसको कारण अर्थमन्त्री जनार्दन शर्मा र गृहमन्त्री बालकृष्ण खाँणका बीच लामो बसह भयो ।
आईजीपी शैलेश थापाको कार्यकाल वैशाख १९ सम्म हो । उनीसँगै ३ एआईजी हरि पाल, प्रद्युम्न कार्की, निरज शाही अवकाश हुनेछन् । ०४९ को ब्याजका डिआईजीहरु उमेश रञ्जितकार, प्रकाशजंग कार्की, प्रकाश अधिकारी, गणेश ऐर, पुरुषोत्तम कँडेल र एसएसपी वीरेन्द्र कुमार बस्याल ३० वर्षे सेवाका कारण बिदा हुनेछन् । प्रहरीका ३ एआईजीपी बिदा हुँदा त्यहाँ पनि बढुवाका लागि डिआईजीहरुबीच प्रतिस्पर्धा हुनेछ ।
अहिले आईजीपी प्रतिस्पर्धी सिंह, धानुक र सुवेदीसँगैका घनश्याम अर्याल, बसन्त पन्त, प्रकाशजंग कार्की, ईश्वर कार्की ३० वर्षे सेवाका कारण आईजीपी थापासँगै बिदा लिनेमा पर्छन् भने अरुण बिसी वैशाख १९ पछि एआइजीको प्रतिस्पर्धी हुनेछन् । बिसीसँग त्यो बेलाका प्रतिस्पर्धी अब डिआईजी भएका हुनेछन् । एआईजीका ४ प्रतिस्पर्धीमध्येका सिंह, सुवेदी, धानुकको ब्याजका बसन्त लामा पनि एआईजीको दाबेदार हुन् । उनीहरु विश्वराज पोखरेल, सहकुल थापाका व्याजका हुन् । यो टोली २०७९ साल चैतमा बिदा हुन्छ ।
अहिले प्रहरीले केन्द्रीय अनुसन्धान ब्युरो, प्रशाशन र प्रदेश समन्वय महाशाखालाई एआईजीको नेतृत्वमा लैजाँदै छ । हिजो एआईजी दरबन्दी काट्ने नेकपाकै सरकारले धमाधम दरबन्दी थप गर्ने बाटो खुलाएको कारण अहिले राजनीतिक स्वार्थ र गुटबन्दी प्रहरीमा चर्केको छ । व्यवसायिक रुपमा भन्दा दलगत कोटामा पं्रहरी नेतृत्वलाई प्रस्तुत गर्ने प्रवृत्तिको विकास भएको छ । सुरक्षा शक्ति स्वतन्त्र र निष्पक्ष बन्न नदिने दलहरु नै हुन् ।
सरकारमा दुई वामपन्थी शक्ति भए पनि गृहले एआईजी छान्दा काँग्रेस, डिआईजी छान्दा काँग्रेस, एसएसपी बढुवा गर्दा काँग्रेसी नेताकै सिफारिश खोज्ने गलत संस्कृति शुरु गरेको छ । त्यहाँ वरिष्ठता र जेष्ठता लत्याइँदा नवराज सिलवाल रातारात एमाले बनेर वाम गठबन्धनको टिकट लिएर ललितपुरमा काँग्रेसका लोकप्रिय नेता उदयसमशेर जबरालाई चुनावमा पराजित गरेको स्मरण कसले गराउला ?
डिआईजी बन्न यिनको प्रतिस्पर्धा
तीन जना एआईजीको दरबन्दीमा डिआईजी बन्न २०५१ चैतमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका सन्दिप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली र रामदत्त जोशी रहेका छन् । यिनीहरुमध्येबाट तीन जना छानिए भने आगामी वैशाख १९ गते अवकाश पाउने ७ जना डिआईजीहरुको ठाउँमा २०५२ साल भदौ १९ मा निरीक्षक पदबाट प्रहरी सेवामा प्रवेश गरेका दीपक थापा, मीरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, पोषराज पोखरेल र २०५२ भदौ १९ मै निरीक्षक पदमा प्रवेश गरेका टेकबहादुर तामाङ, बसन्तबहादुर कुँवर र भीम ढकाल डिआईजीका दाबेदार हुनेछन् । उनीहरु सबैको एसएसपी पदमा २०७५ चैत ६ गते बढुवा भएको थियो ।
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल
२०८१ मंसिर ७
ताजा नेपाल