Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एआईजी बन्नेको प्रहरीमा खोजी

काठमाण्डौ । पाँचजना एआईजी खाली छन् । सरकारले २२ जनाको भिडबाट छान्नु छ । गृहमन्त्री पद खाली छ । प्रचण्ड नेतृत्वको सरकारलाई असफल बनाउन रवि र राजेन्द्रहरु सकृय छन् । नागरिकता विवादको मान्छे नागरिकता कै छानविन गर्ने ठाउँमा शासक थिए । राहादानी समेत गलत नागरिकता प्रयोग गरेर लिएको छ । रवि प्रकरणले प्रहरीको एआईजी पदमा वढुवा गर्ने वाटो छेक्दैन । प्रहरीेले राजनीति भन्दा व्यवसायीक टोलीको बचश्र्व राख्छ । त्यहाँ वढी चलखेल गर्ने अशोक सिंह विवादीत पात्र हुन् ।
दिपक थापा, वशन्त कुवंर, टेक प्रसाद राई, श्यामलाल ज्ञवाली, भिम ढकाल, सन्दीप भण्डारीहरु प्रहरी भित्र विवाद रहित हुन् । आईजीपी धीरज सिंह आफ्नो संस्थामा विवाद नहोस् भन्ने भावना राख्छन भने उनले यस्तै प्रस्ताव प्रधानमन्त्री समक्ष प्रस्तुत गर्नुपर्छ । हिजोको प्रहरी र आजको प्रहरी फरक हो भनेर मात्र पुग्दैन । प्रदेश प्रहरी विभाग, तालिम केन्द्र, अपराध अनुसन्धान, प्रशासन र उपत्यका कार्यालयमा एआईजीकै दरवन्दी खाली छन् । आइजीपी सिंह चैत्र ११ वाट अवकाश लिदैछन् । ३० वर्षे सेवा हट्यो भने सिंहकै निरन्तरता हुनेछ । तर, अहिले समय त्यस्तो छैन् । यतिवेला एआईजी वन्नेहरु भोलीका प्रतिस्पर्धी आइजीपी हुन् । किनकी सिंहका व्याजी एआईजी डिआईजी सवैले उनीसँगै विदा लिनेछन ।