Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
सुस्मिता खत्री, छायाँकार
महिलाको सिनेमेटोग्राफीका रूपमा सशक्त उपस्थितिका अग्रपंक्तिमा आउने नाम हो सुस्मिता खत्री । छायांकारका रूपमा आफ्ना प्रस्तुतिमार्फत उनले तारिफ बटुल्न सफल भएकी छन् । अद्वितीय छायांकन कला र प्राविधिक क्षमताका कारण उनका कार्यले तारिफ बटुल्न सफल भएका हुन् । सानैदेखि घरमा भएको क्यामरा चलाउने गर्ने उनी पछि यसैमा रुचि बढ्दै गयो र अहिले आफ्नो क्षमतामार्फत सबैको मन जित्न सफल भएकी छन् । एमबीए अध्ययनरत उनी कला क्षेत्रमा पनि उत्तिकै लगनका साथ धेरैको रोजाइमा पर्न सफल छन् । डकुमेन्ट्री, सर्ट मुभी, म्युजिक भिडियोलगायत एक दर्जनभन्दा बढीमा उत्कृष्टता प्रदर्शन गरेकी उनको पहिलो प्रस्तुति ‘एकल महिला’ थियो । यसलाई उनले लमजुङ गएर गएर छायांकन गरेकी थिइन । कुनै पनि दृश्य सामग्रीलाई राम्रो बनाउन सिनेमेटोग्राफरको महत्वपूर्ण भूमिका रहेको बताउनुहुने उनी एउटा राम्रो दृश्य सामग्री दर्शकसम्म आउँदा धेरै जनाको उत्तिकै महत्वपूर्ण भूमिका रहेको बताछिन् । ‘निर्देशन, स्क्रिप्ट, अभिनय गर्ने व्यक्ति या हामीले देखाउन चाहेको दृश्य, प्रयोग गरिएको प्राविधिक सामग्री त्यो सबै आ–आफ्नो ठाउँमा महत्व रहेको हुन्छ । तर, त्यसलाई कसरी आफ्नो क्यामेरामा क्याप्चर गर्ने भन्ने कुरा अझ महत्वपूर्ण हुन्छ’ भन्ने सुस्मितासँग तजा खबरका लागि गरिएको कुराकानीको संक्षिप्त अशं –
नेपालमा महिला छायाँकारको अवस्था कस्तो ?
नेपालमा पुरुष छायाँकारको बाक्लै उपस्थिति रहेका बेला महिला छायाँकारहरू पनि आफूलाई सशक्त रुपमा अगाडि बढाएका छन् । मलाई के लाग्छ भने फेरि क्रियशनका काममा महिला पुरुष भन्ने हुँदैन । जसले राम्रो गर्न सक्यो त्यही राम्रो हो । नेपालको पहिलो महिला छायाँकारका रुपमा सवनम मुखिया आउँनुहुन्छ भने अहिले अन्य महिलाले पनि आफूलाई सशक्त रुपमा अघि बढारहनु भएको छ । फेरि पनि हामी केही कम हातमा गन्न सकिने महिला मात्र छायाँकनका क्षेत्रमा रहेका छौ ।
यो क्षेत्रमा कसरी आउनुभयो ?
सानैदेखि घरमा भएको क्यामरा चलाउने गर्थे म । म क्यामेराको सोखिन थिए । सुरु सुरुमा विभिन्न कार्यक्रममा भिडियो खिच्ने गर्थे । पछि यसैलाई प्रोफेसन बनाउने निधो गरे र होमिए यो क्षेत्रमा ।
छायाँकनलाई कसरी परिभाषित गर्न सकिन्छ ?
छायांकन भनेको कुनै दृश्य या चल अवेजिक्टभलाई क्याप्चर गर्नु हो । रेकर्डिङ गर्नु हो । स्क्रिन मा चलिरहेको छविहरू को एक व्यवस्थित र सुसंगत तरीका मा पेश गर्ने कला हो ।
छायाँकार अर्थात् सिनेमेटोग्राफरको मुख्य काम के हो ?
जसरी मानव जीवनको जटिल अंग आँखा हो, त्यसरी गरी एउटा समग्र फिल्ममा आँखाको भूमिका छायाँकन विद्याले गरेको हुन्छ । समग्र फिल्मलाई निर्देशकको पोईन्ट अफ भिऊ बाट आम दर्शक माझ पु¥याउने काम छायाँकारको हो ।
एउटा उत्कृष्ट छायाँकारमा हुनु पर्ने गुण के के देख्नुहुन्छ ?
सामान्यतया एउटा राम्रो छायाँकारमा लाइट, फ्रेमिङ, ब्यागराउण्ड र कलर इडिटिङ डाइरेक्सन साथै हरेक कुराको जानकारी हुनुपर्दछ । सुटिंग सेटमा भई सकेपछि डाइरेक्टरको निर्देशन लाई सहज रूपमा बुझेर उत्कृष्ट नतिजा निकाल्नु नै छायाँकारको दायित्व हो ।
नेपालमा चलचित्र छायाँकनका विषयमा केही बताइदिनुहोस् न ?
सन् १९५१मा भारतको कलकत्ता शहरमा डीबी परियार (दिव्यचन्द्र विक्रम परियार)ले पहिलो पटक ‘सत्य हरिशचन्द्र’ नामक नेपाली भाषामा कथानक चलचित्रको निर्देशन गर्नुभएको थियो । उहाँले त्यस चलचित्रको आफैँ पटकथा लेखी सम्पादन कार्य पनि गर्नुभएको थियो र चलचित्रको निर्माण कार्यमा आंशिक लगानी समेत गर्नुभएको थियो भनिन्छ । नेपालमा निर्माण गरिएको पहिलो नेपाली चलचित्र ‘आमा’ (२०२२) बन्नु भन्दा पन्ध्र वर्ष अगाडि नै भारतको पश्चिम बंगलमा ‘सत्य हरिशचन्द्र’ नामक नेपाली भाषामा चलचित्र बनेको थियो । त्यो समयदेखि अहिलेसम्म आउँदा यो क्षेत्रमा अनेक उतार चढाव आएका छन् । चलचित्र पर्दामा उतार्नका लागि धेरैको मिहिनेत रहेको हुन्छ । पर्दामा देखिने कलारकार पर्दा पछाडिका कलारको उत्तिकै मिहिनेत बाट एउटा राम्रो चलचित्र दर्शकमाझ आइपुग्छ । यसमा महत्वपूर्ण भुमिका छायाँकार अर्थात सिनेमेटोग्राफरको रहेको हुन्छ । नेपाली पहिलो चलचित्र देखि अहिलेसम्म आइपुग्दा यो क्षेत्रमा थुप्रै छायांकारले आफ्नो क्रियशन प्रस्तुत गर्नुभएको छ यो क्षेत्रमा । अहिले त डिजिटल युगमा छौ हामी केही सहज छ ।
तपाईं आफूलाई कत्तिको सफल छायाँकार मान्नुहुन्छ ?
आफैँले आफैँलाई सफल असफल भन्नु भन्दा पनि मेरो क्रियशन, मेरा कामको मूल्यांकन हो । मेरा क्रियशनले राम्रै तारिफ बटुलिरहेका छन् । उत्कृष्टता हासिल गरेका छन् । यस अर्थमा म सफल नै भन्नुपर्ला । मैले छोटो अवधिमा उल्लेख्य उपलव्धि हासिल गरेको छु । मेरो क्षमतालाई देखेर नै विभिन्न साँस्कृतिक कार्यक्रमदेखि म्युजिक भिडियो, बृत्तचित्र, टेलिचलचित्र र ठूलो पर्दाको चलचित्रसम्म दिनानुदिन माग बढ्दो छ । यो पेशामा होमिएपछि सदा व्यस्त रहेको छु ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल