Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एउटै परिवारका १८ जना संक्रमित आइसोलेसनमा

काठमाडौं । पर्सामा बुधबार कोरोना संक्रमण पुष्टि भएका १७ जनालाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ । स्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार बुधबार संक्रमण पुष्टि भएका १७ जनालाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको हो । डा सिंहका अनुसार बुधबार देखिएका कोरोना संक्रमितहरु बैशाख २१ गते अस्पतालमा भर्ना भएका ३६ वर्षीया कोरोना संक्रमितको परिवार तथा आफन्त हुन् । डा सिंहका अनुसार थपिएका १७ जना संक्रमित ३६ वर्षीष पुरुषका बुबा, पत्नि, छोरा, छोरी र उनका दाइको परिवारका सदस्यहरु हुन् । यसअघि संक्रमण देखिएका एक पुरुषका परिवार र उनका आफन्तको अर्को एक परिवार सहित दुई परिवारका सबै जनालाई संक्रमण देखिएकाले उनीहरुलाई दुईवटा हलभित्रका आइसोलेसमा राखिएको डा सिंहले बताए ।
डा सिंहका अनुसार तीन दिन अघि संक्रमण पुष्टि भएर आइसोलेसनमा रहेका ती पुरुषलाई पनि उनकै परिवारको नजिकै राखिएको छ । डा सिंहका अनुसार पुरानो मेडिकल विभागमा रहेको हललाई आइसोलेसनमा व्यवस्थापन गरी उनीहरुलाई त्यहा राखिएको हो । उनीहरु सबैजना सामाजिक दूरी कायम गरेर एकअर्कासँग कुराकानी गर्न सक्ने गरी आइसोलेसनमा रहेका छन् । उनीहरु सबै मुस्लिम समुदायका हुन् ।
मुस्लिम समुदायको अहिले रमजान पर्व चलिरहेकाले आइसोलेसनमा पनि उनीहरुलाई सामाजिक दुरी कायम राख्दै नमाज समेत पढ्ने व्यवस्था मिलाइएको डा सिंहले बताए । डा सिंहका अनुसार नारायणी अस्पतालमा रहेका अन्य १० जना कोरोना संक्रमितहरुलाई अर्को फ्ल्याट रहेको आइसोलेसन वार्डमा राखिएको छ । नयाँ १७ जना संक्रमितहरुमा २ महिना र ६ महिनाको शिशु देखि ११,१२,१३ र १४ वर्षका बालबालिका समेत रहेका छन् । डा सिंहका अनुसार अस्पतालमा भर्ना भएका संक्रमितहरुमध्ये २ महिनाका शिशु, ३ वर्ष, ९ वर्ष, १३ वर्ष, १४ वर्ष, १७ वर्षका गरी ६ जना बालक तथा ४० वर्ष,४५ वर्ष र ६६ वर्षका ३ जना पुरुषहरु रहेका छन् । यस्तै ६ महिना, १३ वर्ष, १३ वर्ष ३ बालिका र २९ वर्ष, ३२ वर्ष, ३५ वर्ष र ६२ वर्षका ४ जना महिला रहेका छन् ।


सम्बन्धित समाचार