Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । अव्यवस्थित बसोबासलाई व्यवस्थित गराउने अभियानमा सरकारले सुकुम्बासी बस्तीमा डोजर चलाउँदा संघीय राजधानी काठमाडौंको एउटै वडाका दुई विद्यालय विस्थापित भएका छन् । काठमाडौंको बालजुमा नेपाल सरकारको मान्यताप्राप्त सामुदायिक विद्यालय बुद्धज्योति मावि र बालकल्याण मावि विस्थापित हुन पुगेका हुन् । सुकुम्बासी वस्तीका श्रमिकहरुका छोराछोरीलाई पढाउने उद्देश्यले २०४९ सालमा स्थापित उक्त विद्यालयहरुमा कक्षा १ देखि कक्षा ८ सम्म पढाई भइरहेको थियो । सरकारले शहरलाई व्यवस्थित र सुन्दर बनाउँदै गर्दा भत्किएका विद्यालयहरु तुरुन्तै नजिकैको वडा नं. १६ भित्रै पुनस्थापित गरी गरिब र सर्वहाराका छोराछोरीले पढ्न पाउने व्यवस्था सुनिश्चित गर्न बालकल्याण माविका प्रधानाध्यापक अर्जुकुमार मुडभरीले माग गर्नुभएको छ । ती दुवै विद्यालयमा करिब १२०÷१२० जना विद्यार्थी अध्ययन गरिरहेका थिए । सरकारले तत्काल अर्को व्यवस्था नगर्दा ती विद्यार्थीको अध्ययन अन्योल बन्न पुगेको छ ।
२०८३ बैशाख ३०
ताजा नेपाल
२०८३ बैशाख ३०
ताजा नेपाल
२०८३ बैशाख ३०
ताजा नेपाल