Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडाैं । भ्रमण भिसामा दुबई हुँदै मस्को पुगेका लेटाङको एउटै वडाका १० युवामध्ये कोही बेपत्ता छन् भने कोही घाइते भएको खबर आएको छ। मोरङको लेटाङ नगरपालिका(३ का ३३ वर्षीय विकास खम्बूलाई लाहुरे बन्ने मन थियो। त्यसका लागि उनी पटक पटक पोखराको तालीम केन्द्रमा भर्ना भएर तयारी पनि गरे। तर चौथो प्रयासमा पनि सफल हुन सकेनन्। तैपनि उनको लाहुरे बन्ने इच्छा मरेको थिएन। गत भदौमा गाउँकै साथीको सम्पर्कमा रूस जाने बाटो फेला पारे। “तीन महीनाको तालीम हुन्छ। तँ आएर तालीम लिइसक्दा त वार्ता भएर युद्ध स्थगित हुन्छ,” रूसमा रहेका गाउँकै साथीले टेलिफोनमा सुनाए, “जति धेरै पैसा, त्यति धेरै रिस्क। किन रिस्क नलिनू ” विकासलाई पनि साथीको कुरा राम्रै लाग्यो। साथीको खातामा साढे आठ लाख हालेर गत कात्तिक ४ गते दुबई हुँदै रूसका लागि हिंडेको विकासकी श्रीमती एलिसा चेम्जोङ बताउँछिन्। “दशैंको फूलपातीका दिन काठमाडौंबाट दुबई र त्यसपछि मस्को जानुभयो,” उनी भन्छिन्।
गाउँकै दलबहादुर राई ९इँटा कान्छो० पनि सँगै गए। गाउँबाट हिंडेका उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रोकिए। एकै गाउँका धेरै जना भ्रमण भिसामा दुबई जान लागेको भनेर रोकियो। विकाससँगै अरू युवा पनि दुबई जाँदै थिए। दलबहादुर अन्तिममा परे। फूलपातीका दिन उनी निराश भएर विमानस्थलबाट फर्किए। त्यसको भोलिपल्ट कात्तिक ५ मा दलालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘सेटिङ’ मिलायो। विमानस्थलबाट फर्काएको भोलिपल्ट नै दलबहादुर दुबईका लागि उडे। परिवारलाई पनि उनले रूस जान लागेको बताएका थिएनन्। काठमाडौं पुगेपछि मात्रै दुबई हुँदै रूस जान लागेको परिवारजनलाई खबर गरेको दिदी भीमा लिम्बू बताउँछिन्। “रूस जाने हो भने पैसा खोज्दैनौं भनेका थियौं, त्यसैले रूसी सेनामा जाने कुरा लुकाएको रहेछ,” उनी भन्छिन्, “दुबईबाट रूस पुग्यो।”
विकास र दलबहादुर मात्रै होइन, लेटाङ(३ का थुप्रै युवा भ्रमण भिसामा दुबई हुँदै मस्को पुगेर रूसी सेनामा भर्ती भएका छन्। सम्पर्कमा आएका १० जनाका परिवारले छोरा रूसी सेनामा गएको बताएका छन्। कति स्थानीय बासिन्दाले त खुलाउन चाहेका पनि छैनन्। उनीहरूका अनुसार यो संख्या झन् धेरै छ। वडा सदस्य रामप्रसाद अधिकारी आफूले पनि गाउँका युवा रूसी सेनामा गएको सुनेको बताउँछन्। “रूसी सेनामा गएको भन्ने सुनेको छु, कसैले खोजीका लागि भनेर वडा कार्यालयमा निवेदन दिएका छैनन्,” अधिकारी भन्छन्।
लेटाङका अन्य गाउँका युवा पनि रूसी सेनामा गएका छन्। तिनैमध्ये एक हुन्, सुरज मग्राती। लेटाङ(२ का सुरज छिमेकी गाउँका विकाससँगै गत कात्तिक ४ मा काठमाडौंबाट दुबईका लागि उडेका थिए। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भ्रमण भिसामा उडेका उनी दुबईबाट रूसको राजधानी मस्को पुगेका थिए। रूसी सेनामा भर्ना भएको खबर गरेको परिवारजन बताउँछन्।
लेटाङबाट थुप्रै युवा रूसी सेनामा गएको स्थानीय बासिन्दा बताउँछन्। यसको आधिकारिक तथ्यांक भने छैन। लेटाङका मेयर भूपेन्द्रकुमार लावती पनि केही युवा रूसी सेनामा गएको भन्ने सुनेको बताउँछन्। “रूसी सेनामा गएका छन् भन्ने चाहिं सुनिएको छ, उद्धार वा खोजी कार्यका लागि भनेर आधिकारिक रूपमा निवेदन आएको छैन,” मेयर लावती भन्छन्।
कस्तो छ अवस्थार
कात्तिक ४ मा काठमाडौंबाट रूसी सेना भर्ती हुन उडेका लेटाङ २ का सुरज मग्राती केही दिनअघि घाइते भएको खबर आयो। रूस र युक्रेन युद्धका क्रममा युक्रेनी सेनाको गोली लागेर सुरज घाइते भएको अपुष्ट खबर आएको लेटाङ नगरपालिका २ का वडाध्यक्ष तेजप्रसाद तिमल्सिना बताउँछन्। प्राप्त एक अडियो सन्देशमा भने सुरजले आफूलाई गोली लागेको र अस्पतालमा उपचाररत रहेको भनेका छन्। उनले त्यहाँबाट निकाल्न अनुरोध पनि गरेका छन्। सुरजसँगै रूसी सेनामा भर्ना भएका विकास खम्बू पनि तीन सातादेखि सम्पर्कविहीन छन्। उनीसँगै मंसीर २५ मा कुराकानी भएको र त्यसपछि सम्पर्क नभएको उनकी श्रीमती एलिसा चेम्जोङको भनाइ छ।
युक्रेनी सेनाको कब्जामा रहेको भन्ने खबर आएको उनी सुनाउँछिन्। “उहाँलाई युक्रेनी सेनाले पक्राउ गरेको छ, हामीले गाउँबाट खोजखबर गरेर कसरी सक्नुरु” उनी भन्छिन्। विकासले एक वर्षका लागि रूसी सेनामा काम गर्ने हस्ताक्षर गरेको भनी खबर गरेको उनी जनाउँछिन्। “एक वर्ष पर्खनू, घरपरिवारको ख्याल गर्नू, म सकुशल फर्कनेछु भनेका छन्,” विकासको भनाइ उद्धृत गर्दै एलिसा भन्छिन्। विकाससँगै एउटै क्याम्पमा रहेका लेटाङ(३ कै टीका गुरुङ पनि परिवारको सम्पर्कमा छैनन्। भाइ अनेशका अनुसार टीकालाई युद्धग्रस्त ठाउँ लैजाने भनेर क्याम्पबाट बाहिर लगिएको थियो। मंसीर २५ गते कुराकानी भएको र त्यसयता सम्पर्क नभएको अनेश बताउँछन्। उनीहरूसँगै फूलपातीका दिन गएका दलबहादुर राई भने रूसी सेनाबाट भाग्न खोज्दा पक्राउ परेको खबर आएको छ। “भाग्न खोजेको भनेर रूसी सेनाले पक्राउ गरी बंकरमा राखेको खबर पाएका छौं,” दिदी भीमा भन्छिन्।
फर्किएका युवा भन्छन्, सजिलो छैन
यसरी दुबई हुँदै मस्को पुगेर रूसी सेनामा जानेहरूले पाँचदेखि नौ लाख रुपैयाँसम्म दलाललाई बुझाएको पाइएको छ। रूस पुगेर सेनामा भर्ती भएका दुई जना हालै मात्र नेपाल फर्किएका छन्। लेटाङ(३ का ३२ वर्षीय मनसेर राई र छत्र मगर हालै फर्किएका हुन्। मनसेरको पनि लाहुरे बन्ने सपना थियो। सिंगापुरे लाहुरेका लागि पटक पटक प्रयास गर्दा पनि सफल भएनन्। गाउँका धेरै युवा रूसी सेनामा गइरहेका थिए। सेनामै रहेका नातेदारले बाहिर हल्ला भए जस्तो जोखिम नभएको सुनाएपछि मनसेर रूस जान तयार भए। मस्को पुगेका उनले गत कात्तिक ३० अर्थात् १६ नोभेम्बरमा सेनामा भर्ना हुने सम्झौतामा हस्ताक्षर गरेको बताए। दुई सन्तान, श्रीमती र वृद्धावस्थाका आमाबुबालाई छोडेर रूस पुगेका मनसेर सेनामा अडिनै सकेनन्। तीन महीनाको तालीम भनिए पनि १५ दिनको सामान्य अभ्यासका भरमा युद्धग्रस्त ठाउँमा लाने तयारीका साथ मस्कोबाट क्याम्पमा सारियो। क्याम्पबाट युद्धग्रस्त क्षेत्र लग्दै गर्दा मनसेरको मनमा लागिरह्यो( यो अर्काको देश, अर्काको माटो र अर्काका लागि लड्दै गर्दा मेरो परिवारको साहारा को बन्लारु मलाई केही भयो भने उनीहरू कसरी बाँच्लान्रु
यही पीरले भित्रभित्रै छटपटाएर क्याम्पबाट युद्धग्रस्त स्थान लग्दै गर्दा भागेको उनी बताउँछन्। मस्कोबाट अजरबैजान, त्यसपछि दिल्ली हुँदै नेपाल फर्किए। मनसेर आफू मात्रै फर्किएनन्, गाउँका केही युवालाई सम्झौतामा हस्ताक्षर नगर्न भने। “जोखिम धेरै हुने भन्दै सम्झाइबुझाइ गरेपछि चार जना मसँगै फर्किए,” उनी भन्छन्। यसरी फर्किएकाले भने रूस जान तिरेको पैसाको माया मारेका छन्। केही पैसा फिर्ता लिन दलालकहाँ धाइरहेका छन्। केही युवाका परिवारले रूसी सेनामा भर्ती भएका सदस्यलाई घर फर्काउन सरकार समक्ष आग्रह गरेका छन्। घाइते अवस्थामा रहेका सुरजले अडियो पठाएर घर फर्किन चाहेको बताएका छन्। त्यस्तै, दलबहादुरकी दिदी पनि भाइलाई फर्काउन पहल गरिदिन सरकारलाई आग्रह गरिरहेकी छन्। यसका लागि परराष्ट्र मन्त्रालयमा ज्ञापनपत्र पनि दिएकी छन्। “घरमा वृद्ध आमाबुबा छन्, भाइलाई उता बंकरमा राखिएको छ,” भीमा भन्छिन्, “लहैलहैमा गइहाल्यो। अहिले रूसी सेनाले यातना दिइरहेको छ। घर फर्काउन सरकारले पहल गरिदिनुपर्यो।”
युद्धमा सात नेपालीको मृत्यु
परराष्ट्र मन्त्रालयका अनुसार रूसी सेनामा भर्ती भएका सात जना नेपालीको युक्रेनसँगको युद्धका क्रममा ज्यान गइसकेको छ। एक साताअघि मात्रै कञ्चनपुरका कुन्दनसिंह नागालको मृत्यु भएको खबर आएको थियो। रूस युक्रेन युद्धका क्रममा गोरखाका सन्दीप थपलिया, इलामका गंगाराज मोक्तान, दोलखाका राजकुमार रोका र कुसुम लामा रोका, स्याङ्जाका प्रितम कार्की, कैलालीका भरत शाह र कञ्चनपुरका कुन्दनसिंह नागालको ज्यान गएको छ। त्यस्तै, रूसी सेनामा भर्ती भएका चार जना नेपाली बन्दी बनेका छन्। बर्दियाको राजपुर १ का विवेक खत्री, काभ्रेपलान्चोकको मण्डनदेउपुर(६ का सिद्धार्थ ढकाल, मोरङको लेटाङ २ का विकास राई र रोल्पाको रुन्टिगढी ८ का प्रतीक पुन युक्रेनमा बन्दी अवस्थामा छन्। युद्धका क्रममा उनीहरूलाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको हो।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल