Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एकता प्रयासका लागि एमाले स्थायी कमिटी अन्तिम बैठक

काठमाडौं । दोस्रो र तेस्रो पुस्ताको नेताले चाहेर एमालेको विवाद मिल्ने वाला छैन । पहिलो पुस्ताका नेतामा बढेको अहंकारको घैटो नफुटेसम्म पार्टी एकता असम्भव जस्तै बन्दै गएकोछ । नेकपा एमाले को आन्तरिक विवाद समाधान हुन नसकेपछि आइतबार बस्ने स्थायी कमिटी बैठकले ठोस निर्णय गर्ने भएको छ । नेता माधवकुमार नेपाल पक्ष सहमतिमा आउन तयार नभएपछि एमालेले सो पक्षलाई छाडेर अघि बढ्ने निस्कर्षमा पुगेको हो । शनिबार बसेको स्थायी कमिटी बैठकमा विघटित कार्यदलका संयोजक सुवासचन्द्र नेम्वाङले अहिलेसम्म पार्टीको आन्तरिक समस्या समाधानको प्रयास र प्रगतिबारे बैठकमा व्रिफिङ गरेका थिए । नेता नेपालले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष पद त्यागेमा मात्र आफू एमालेसँग एक भएर जाने बटमलाइन सुनाएपछि पार्टीको आन्तरिक विवाद अब नसल्टिने करिब पक्का भएको छ । यद्यपि आज बैठक अघिसम्म सहमतिको प्रयास जारी राख्ने विश्वास गरिएको छ । बैठक आज तीन बजेकालागि पुनः बोलाइएको पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले बताएका छन् । शनिबार करिब पौने घण्टा चलेको स्थायी कमिटी बैठकमा पार्टीको आन्तरिक विवाद समाधानकै विषयमा केन्द्रित भएर छलफल भएको थियो । प्रमुख तीन वटा एजेण्डामा छलफल गर्ने कार्यक्रम तय गरिएको भएपनि शनिबार त्यस विषयमा छलफल हुन सकेन् ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल