Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ–माओबादीको नाममा बिचार राख्ने र बिचारकै खेती गर्ने मोहन बैद्यको क्रान्तीकारीता अफैले पर्दाफास गरेका छन् । जनयुद्ध अधुरो भो भन्दै सबिधान सभाले सघियता, गणतन्त्र, समाबेसीता लागु भएर देशमा स्थानिय सरकार बलियो बन्दैगर्दा नेकपा एमालेको ओली समुहले तानाशाही कदम चलाएको हो । ओली समुहको अधिनायकबाद बिरुद्ध एक भएका ५दलिय गठबन्धनको नाइके माओबादी अध्यक्ष पष्पकमल दाहालसंग आक्रोसीत मोहन बैद्य पाटी एकता बिरोधी बन्दैछन् ।
बैद्यको पाटीमा सिपी गजुरेल, परि थापा जस्ता युरोपेली युनियनको कृश्चीयन परिचालन टिमबाट डलर असुलीरहेका नेताहरु पाटी एकताका पक्षमा छैनन् । मोहन बैद्यको बिचार पर्खैर बस्ने हो भने नेकपा माओबादी क्रान्तीकारी जनताको
सार्बभौमसत्ता अखण्डता र दैनिक जिबनसंग सरोकार राख्दैन ।
क्रन्तीकारी हुन मोहन बैद्य जसरी प्रस्तुत भएका छन । त्यसरीनै पाटीको चहल पहल बिलीन बन्दै छ । माओबादीलाइ आदर्श बनाउने र ठान्नेरुलाई छिया–छिया पार्न बिदेशी डलर जातजातीको नाममा आएकै हो ।
देशका कम्युनिष्ट शक्ति क्षत बिक्षेत भएको छ । यो शक्तिलाइ देशभक्त राष्टबादी ठानिन्छ । तर नेकपा माले देखी माओबादी सम्म मोहन बिक्रम सिंह देखी मोहन बैद्य सम्मको राजनिति आफ्नै स्तुती गानमै बित्दै छ । यही चाल नेकपा एमाले भित्र मौलाएको छ ।
कम्यनिष्टहरुले आफ्नो बद्नाम आफैले गरेका छन । जनयुद्धले स्थापित गरेको परिबर्तन सघियता,गणतन्त्र र समाबेशीताको संरक्षण गर्न पनि कम्युनिष्टहरु कार्यगत एकता पाटी एकता कुरामा अलमलिने समय छैन । तर यो बेला कम्युनिष्टहरु क्षत– बिक्षत भएका छन् । एकता बिरोधि र गुटको खेतिमा रमाउने नेकपा एमालेको कुनै एक समुह उदाङ्गो भएर लागेको छ । यो देशमा जनताले दुइतिहाइ कम्युनिष्ट देख्न चाहायो । २०७४सालमा बाममोर्चाले दुइ तिहाई ल्याएपनि नेताका आ–आफ्नै अंहङ्कार र दम्मका कारणले पाटी टुक्रा–टुक्रा भएको छ । ओलीसंग टासीएर गएका नेता रामबहादुर थापाको राजनिति उचाई ध्वस्त भएको छ भने मोहन बैद्यको हालत मोहन बिक्रम जस्तै बन्दै छ ।
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल