Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एका बिहानै सिन्धुपाल्चोक केन्द्र बनाएर भूकम्पले झस्कायो

काठमाडौं । पटक पटक प्राकृतिक विपत्तिको सामना गरिरहेको सिन्धुपाल्चोकमै केन्द्र बिन्दू बनाएरु बुधबार बिहान सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ६ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोको राम्चे केन्द्रविन्दु भएर भूकम्प गएको हो । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गए पनि काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा यसको धक्का महसुस गरिएको थियो । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएपछि मानिसहरु सडकमा निस्किएका थिए । राष्ट्रिय भूकम्प केन्द्रका अनुसार यो २०७२ सालको गोरखा भूकम्पकै पराकम्प हो । भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी भने प्राप्त भएको छैन ।