Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन

काठमाडौं । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश सह इन्चार्ज विदुर सापकोटाको उपचारका क्रममा निधन भएको छ । अचानक स्वास्थ्यमा समस्या आएपछि हेल्पिङ हायन्डस् अस्पतालमा भर्ना भएका सापकोटालाई बिहीबार बिहान ३ः५० बजे चिकित्सकले मृत्य घोषणा गरेका थिए । तत्कालीन पञ्चायतविरुद्धको संघर्ष, मालेकालमा भूमिगत, विद्यार्थी राजनीतिमार्फत २०४६ सालको प्रथम जनआन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका सापकोटा लामो समय एमाले काभ्रेपलाञ्चोकको सचिवको जिम्मेवारीमा थिए । माधवकुमार नेपालको नेतृत्वमा एमाले फुटेपछि नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य तथा बागमती प्रदेश सह इन्चार्जको भूमिकामा थिए ।


सम्बन्धित समाचार