Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एकैदिन ११ सयले घट्यो सुनको मूल्य

काठमाडौँ। नेपाली बजारमा सुनको मूल्य घटेको छ। शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार ८ सय रुपैयाँ कायम गरेको हो। बिहिबार प्रति तोला १ लाख ६ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार १ सयले घटेर १ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। तेजावी सुनको मूल्य तोलाको १ लाख ५ हजार ३ सय रुपैयाँ निर्धारण भएको छ। यता, चाँदीको मूल्य स्थिर रहेको छ। बिहिबार प्रति तोला १ हजार ३ सय ८० रुपैयाँ कारोबार भइरहेको चाँदी आज स्थिर रहेर सोहि मूल्यमा कारोबार भईरहेको छ।