Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एकैपटक १० वटा शाखारहित बैंकिङ सेवा विस्तार

काठमाडौं। ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लाहरुमा थप १० वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ। बैंकले बाग्लुङ ताराखोला गाउँपालिका २, अर्गल, नवलपुरको गैडाकोट नगरपालिका ३, ढोडेनी, बैतडी जिल्लाको पुर्चौडी नगरपालिका ५, कुवाकोट, बाग्लुङको जैमीनी नगरपालिका ८, अर्के छिस्ती, म्याग्दीको रघुगंगा गाउँपालिका १,बेगखोला, मकवानपुरको बागमती गाउँपालिका ६, फापरबारी र रोल्पाको रोल्पा नगरपालिका ३, सातदोबाटो, लुुंग्री गाउँपालिका ३, जुटुङ्ग खोला, गंगादेव गाउँपालिका १, ओत र परिवर्तन गाउँपालिका ६, नाफेमा शाखारहित बैंकिङ्ग सेवाको संचालनमा ल्याएको छ। योसँगै बैंकको शाखारहित बैंकिङ सेवा १ सय ९४ वटा पुगेको छ।
यो शाखाबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने,कर्जाको व्याज भुक्तानी गर्ने, डिसहोम लगायतका युटिलिटीको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्जगर्ने लगायतका सेवा लिनसक्ने बैंकले जनाएको छ।