Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एकैसाथ मेगा बैंकको ५ वटा नयाँ शाखाहरु विस्तार

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आइतबार ५ वटा नयाँ शाखाहरु विस्तार गरेको छ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० विराटचोकमा, उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ११ गाइघाटमा, रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ चन्द्रपुरका, चितवनको रत्ननगर नगरपालिका वडा नम्बर ६ सौराहामा र कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ६ गौरीघाटमा शाखाहरु विस्तार गरेको हो । यी शाखाहरूबाट बैंकिङ कारोबारको प्रारम्भ आइतबारबाटै भएको बैंकका प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेलले जानकारी दिए ।


सम्बन्धित समाचार