Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एकै दिन हालसम्मकै धेरै ३४३९ जनामा कोरोना संक्रमण, राजधानीमै १६८४ जना

काठमाडौं । नेपालमा एकैदिन ३ हजार ४३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्रै १६८४ जना रहेका छन् । यससँगै देशभर कोरोनाभाइरसका सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । बुधबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सक्रिय संक्रमितको संख्या २५ हजार ७ पुगेको जानकारी दिए ।
सरकारले यसअघि नै सक्रिय संक्रमितको संख्या २५ हजार नाघे लकडाउन गर्ने निर्णय गरेको थियो । सरकारले यो निर्णयलाई निरन्तरता दिन्छ या परिमार्जन गर्छ भन्नेमा चाहिँ थप जानकारी दिइएको छैन । यसैगरी आज संस्थागत आइसोलेशनमा १० हजार ५९६ जना र होम आइसोलेशनमा १४ हजार ४११ जना रहेका छन् । यस्तै आज १४ हजार २०९ जनाको कोरोना परीक्षण भएको छ । यसैबीच पछिल्लो २४ घण्टामा थप ११२६ जना निको भएपछि निको हुनेको संख्या ६८ हजार ६६८ पुगेको छ।


सम्बन्धित समाचार