Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

‘एक्टर’मा प्रदीपसँग जोडी बाँध्दै आना

नायिका आना शर्माले नयाँ फिल्म साइन गरेकी छिन् । नायक प्रदीप खड्काको मुख्य भूमिका रहेको फिल्म ‘एक्टर’मा नायिका आना शर्मा फाइनल भएकी हुन् । उनी र निर्माणपक्ष यसै साता फिल्मका लागि कागजी संझौता भएको हो । आनाले केही फिल्म साइन गरेपनि ती फिल्म बन्न सकेका थिएनन् । अब, भने आना ‘एक्टर’ मार्फत दर्शक माझ आउने पक्का भएको हो । राजन भुसालको निर्देशनमा तयार हुन लागेको यो फिल्ममा थमन कुमार भण्डारीको लगानी छ । अदृत फिल्मसको प्रस्तुतिमा निर्माण हुन लागेको यो फिल्मको सह–निर्मातामा एनिस भुसाल छन् । यो फिल्मको छायांकन केही महिनामा नै सुरु हुनेछ । फिल्मलाई सन् २०२५ मा रिलिज गर्ने तयारीमा निर्माणपक्ष छ । यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन रहनेछ । फिल्ममा रीत बोहोरा सहयोगी निर्देशकको रुपमा रहेका छन् । फिल्म ‘एक्टर’लाई लिएर आफू निकै नै उत्साहित भएको नायिका आना शर्माले बताइन् । एउटा राम्रो टिमसँग काम गर्नका लागि आफू सधैं नै लालायित हुने गरेको उनको भनाई छ । आना र प्रदीपले पहिलो पटक पर्दा शेयर गर्न लागेका हुन् । यसैले, यी दुइको जोडीलाई लिएर दर्शकमा पनि उत्साह थपिने निश्चित छ ।


सम्बन्धित समाचार

धरौटीमा छुटे गायक रवि ओड

२०८१ जेष्ठ ४

ताजा नेपाल

मोडलिङमा मोहित बनेका शाही

२०८१ बैशाख ३१

ताजा नेपाल