Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
अत्याचारको सीमा थिएन । कम्युनिष्टका कलंकको शासन सम्झन लायक बन्यो । त्यो स्मरण विपक्षीको स्थान खतरामा राख्दैमा देशमा गणतन्त्र छ भन्ने थिएन । अोली शासनमा नेपाली राजनीतिले लुटाहा र भ्रष्टका लागि स्वर्ण युग बनायो । जनता कालो बजारमै पेलिए । कालो बजारमाथि प्रहार गर्ने कर्मचारी छ महिना टिकेनन् । अर्थले राजश्व, भन्सार, आन्तरिक राजश्वलाई बारम्बार झम्टेर उठ्नै दिएन । तोकिएको राजश्व उठाउन माफियामाथि प्रहरा गर्नु पथ्र्यो । तर प्रधानमन्त्री आफैं माफिया र दलालका संरक्षक बनेर हैकम चलाउँथे । दुई तिहाईको दम्ब हेलिकोप्टरबाट बालुवाटार छाड्दा समेत हटेको थिएन । सेनाले आफ्नै परमाधिपति बचाउन नसक्ने प्रहरीले आफ्नै हतियार र कार्यालय जोगाउन नसक्ने दुई तिहाईको त्यो बलबान सरकार मकैको ढोड भयो । २४ जना कलिला विद्यार्थीको कत्लेआम गर्दा समेत प्रमको तर्फबाट नत दुःख प्रकट भयो नत घटनाको दोष जिम्मा लिए राजनीतिमा बेइमानी व्यवहारमा घातक चरित्रको अनुहारलाई गुण्डाको विश्वास हुन्छ । कार्यकर्ता र जनताप्रति विश्वास हुँदैन । त्यही कारण गुण्डुको आतंक एउटा देशघातीका लागि सहज छ । तर त्यहाँको वातावरण सहज छैन । आफ्नै अहंकारले निम्त्याएको संकट प्रतिगमनकारीले निम्त्याए भन्न सक्ने पार्टीलाई आफ्नै बिर्ता ठान्दै जनताले नपत्याएका घामट महासचिवका नाउमा ओलीका काखमा मच्चिएको पनि सुहाएको छैन । अर्को लम्पट उपमहासचिवको पदमा रमाएर ओली जस्ता घातकको प्रशंसा गरेर राजनीतिक फाइदा लिँदैछ । एमाले ओलीको अनुहार लिएर चुनाव जान्छ भने त्यो जस्तो घातक अरु हुँदैन । जनतालाई सत्तामा पुग्दा सपना बाँड्न सफल काममा माफिया दिपक भट्टका अपराधको संरक्षण गर्नका लागि नांगै उत्रन सक्ने केपी ओलीको सहभागिताका दर्जनौं काण्ड नत अख्तियारले छानविन गर्छ नत प्रहरीको सिआईबीले फाइल खोल्ने आँट गथ्र्यो । यी दुवै ठाउँमा ओली र उनको मण्डलीका नायकद्वारा सञ्चालित थिए । आज पनि प्रहरीको नेतृत्व ओलीकै निर्देशनमा छ । अख्तियारका अवैधानिक चरित्रहरू ओलीले जागिर दिलाएका पात्रहरू नै छन् । निर्वाचन आयोग त्यही हो । मानव अधिकार आयोग, महिला आयोग त्यस्तै हुन् । अोली शासनले देखेको सुशासन भनेको राजनीतिक पूर्वाग्रहमा केन्द्रीत थियो । माओवादी र रास्वपासँग जोडिएका व्यक्तिले एक हजार खायो भन्ने आरोपलाई लाख बनाएर हैरानी दिने कुरा उत्कर्षमा थियो । बागमती नगरपालिकाका यसको उदाहरण हो । एमालेका यौन लम्पटहरू जोगिने काम साइबर ब्यूरो मार्फत् खुलम खुल्ला भएको थियो । कानुनी शासनको धज्जी उडाउने काम जसरी तत्कालिन प्रधानमन्त्रीले गरे, त्यसमा उनको अधिनको सुरक्षा संयन्त्रको हैसियत पनि त्यही उदांगो भएको हो । अहिले त्यस्तै छ सुधार छैन ।
आज ओलीले जेनजी शब्दलाई सहज बनाउन र फकाउन एकै दिन भए पनि संसद पुनस्र्थापना गरेर कार्यकारी प्रमुखको निर्वाचन गर्ने गरी संविधान संशोधनको प्रस्ताव ल्याएका छन् । एमालेको पार्टी केन्द्रको तर्फबाट मृतक र घाइतेहरूप्रति नत श्रद्धाञ्जली छ त त समवेदना छ । त्यो कठोर प्रवृत्तिका ओलीले राजनीतिक इमानमाथि आफैंले हिजो प्रहार गर्दा प्रस्ताव उचित भए पनि जनताले चासो दिएका छैनन् । दलीय सहमतिमा गरिएका भ्रष्टाचार र लुटमा कसैको छानविन नहुने तर्क गरेर पाथिभरा केबलकार काण्डले आफ्नै जिल्ला ताप्लेजुङ बिरानो बनाएका योगेश भट्टराईहरू पार्टीको केन्द्रीय कमिटी बैठकमा आफैंले राखेको प्रस्तावमा टेकेर अध्यक्षले छ सूत्रीय प्रस्ताव गरेकोमा खुशी प्रकट गरेका छन् । एमालेमा युवाहरूको हैसियतले ओलीको तानाशाही कदम प्रतिकार गर्नु सट्टा पदको लोभले लत्रेको खैजडीहरू जुर्मुराको चासो कसैमा छैन ।
मुलुकलाई यो स्थितिमा पु¥याउने मुल नायकनै ओली थिए । जसले बालुवाटार नछाड्दासम्म सुरक्षा अधिकृतहरूलाई धम्क्याउँदै थिए । जबकि आफ्नो पद त्यागको राजीनामा लिएर राष्ट्रपतिसम्म आफैं उपस्थित हुन सकेन त्यसैले ल्याएको प्रस्ताव अनुसार आफैं खरानी भएको सर्वोच्चले सुन्छ भन्न सकिँदैन । किन त्यो सर्वोच्चको आगलागी गराउने र दर्शक बन्नेहरू दुई तिहाईको दम्बमाथिको प्रहार हो । जबकि सिंहदरबारमै सेनाका तीन गण थिए, राजदरबारका दुई गणले आफ्नै परमाधिपति नत हिजो जोगाए नत भदौ २४ मा शितल निवास बचाए, दिउँसो ४ः३० बजेसम्म सडक यात्रुलाई समेत आतंकित हुने गरी प्रहरी सशस्त्र र सेनाको तीनवटा घेरा जनतालाई देखाउन राखियो । आवश्यक पर्दा तीनको उपस्थिति कतै भएन । सरकारका प्रमुख आफैं घामट हुँदा उत्पन्न त्यो समस्या आज समिक्षा हुँदैछ । जुन समिक्षा सबैतिर ध्वस्त भएपछिको हो । जसको अर्थ छैन । राजनीतिक रुपमा असफल पात्रहरू त्यो बेला जुर्मुराउँछन् जुन बेला तीनको कुरामा राज्य चासो त के चिन्ता समेत लिने पक्षमा देखिँदैन ।
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल
२०८२ फाल्गुन २६
ताजा नेपाल