Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एक्लिए सेखर, सिंह र निधि देउवा तर्फ !

राजनीति सत्ताकै वरिपरि घुम्छ भन्ने कुरा नेपाली काँग्रेसका नेताहरुले स्पस्त गरेका छन् । देउवा विरुद्ध फरक फरक टीम बनाएर सभापति पदमा प्रतिस्पर्धा गरेका डा. शेखर कोईरालालाई प्रकाशमान सिहं र विमलेन्द्र निधिले सघाउथे भने कोईराला सभापतिमा चुनिन सक्थे । उनीहरु तीन जनाको मत जोड्दा २३२३ हुन्छ । देउवाले २२९८ मत सहित पहिलो चरणमा पहिला भए । तर विधानले व्यवस्था गरेको ५१ प्रतिशतको कारण दास्रो चरणमा निर्वाचन गयो । सभापतिको दौडबाट बाहिरिएका प्रकाशमान सिंह र विमलेन्द्र निधि दुबैले देउवालाई समर्थन गर्ने भएका छन् । देउवा प्रकाशमान र निधिलाई भेट्न उनीहरुकै निवासमा पुगेका थिए भने सो क्रममा दुबै नेताले देउवालाई दोस्रो चरणको चुनावमा समर्थन गर्न सहमत भएका हुन् । यससँगै दोस्रो चरणको चुनावमा देउवालाई सहज हुने देखिएको छ ।

कोईराला परिवारबिच बेमेल हुँदा पनि डा. शेखरलाई धक्का लागेको छ । सुजाता कोईराला र शसाङ्क कोईरालाले शेखरका अगाडि गोहिको आसू चुहाएर विस्मात् गर्नु बेक्कार छ । पहिलो चरणको चुनावमा खसेको ४६७९ मध्ये देउवाले २२५८ मत पाएका थिए भने शेखर कोइरालाले १७०२, निधिले २५०, सिंहले ३७१ र कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए । कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि काँग्रेस सभापतिका लागि सर्वाधिक मत ल्याए दुई उम्मेदवार देउवा र कोइरालाबीच फेरि प्रतिस्पर्धा हुने भएको हो । मतदान साढे ३ बजेदेखि सुरु हुदैछ । काग्रेसभित्र कोईराला परिवारको लिगेसी अब रहेन । आन्तरिक रुपमा एकै परिवारका तीन जना मिल्न नसकेपछि कार्यकर्ताको समर्थन डा. शेखर कोईरालालाई भएर पुगेन । आखिर प्रकाशमान र विमलेन्द्र निधि भनेका हिजो शेरबहादुर देउवाले परिचालन गरेका नेता न थिए । त्यसैकारण उनीहरु शेखरबाट भन्दा देउवाबाटै आफ्नो फाईदाका लागि ठाँउ मिल्छ भन्ने तर्फ लगे । उनीहरु पनि आफ्नो पिताको बिडो थाम्ने सक्ने हैसियतका थिएनन् । मात्र विरासत खोज्दा सभापतिको उम्मेद्वार बनेर ३७१ र २५० मत प्राप्त गरे । यो मतले उनीहरुको दम्ब र अहंकारलाई कार्यकर्ता सामु उदाङ्ग पारिदिएको मात्र हो ।


सम्बन्धित समाचार