Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एक्लै चुनावमा लड्ने एमालेले खोज्न थाल्यो साथी

काठमाडौं । पाँचमुखे सरकारी गठबन्धनविरुद्ध एक्लै मैदानमा काफी भएको बताउने एमाले नेतृत्व बचेखुचेका साथीको खोजीमा जुटेको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका महामन्त्री तथा नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा। धवल शमशेर राणाबीच भेटवार्ता भएको छ । बिहीबार राति नेपालगन्जमा एमालेका अध्यक्ष ओली र राप्रपाका महामन्त्री राणाबीच भेटवार्ता भएको हो । उक्त भेटवार्तामा स्थानीय तहको चुनावमा कसरी तालमेल गर्न सकिन्छ भनेर छलफल भएको राप्रपाका महामन्त्री राणाले बताए । उनले भने,‘उता पाँच पार्टीबीच गठबन्धन भएपछि स्थानीय तह चुनावको तालमेल कसरी गर्न सकिन्छ, कसरी जाने, के गर्ने लगायतका विषयमा छलफल भएको हो । उहाँले आफ्नो पार्टीका साथीहरुसँग छलफल गर्छु भन्नुभएको छ । मैले पनि आफनो पार्टीमा कुरा राख्छु भने ।’ उनले पाँच पार्टीबीच गठबन्धन भएपछि राप्रपा र एमालेलाई तालमेल गर्न बाध्यता भएको दाबी गरे । उनले भने,‘ पाँच पार्टी एकातिर मिलेपछि दुबै तिरको बाध्यता भयो । यो प्रारम्भिक वार्ता हो ।’