Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एक करोड धरौटी बुझाएर पोखरा हिँडे रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले रुपन्देही जिल्ला अदालतमा एक करोड बराबरको धरौटी बुझाएर रिहा भएपछि आइतबार राति नै पोखरातर्फ लागेका छन् । आइतबार अबेर आएको फैसलापछि ठूलो रकम धरौतीका लागि एकछिन समय लागेको थियो । प्रभु बैंकबाट बैंक ज्ञारेन्टीमार्फत उनले अदालतमा धरौटी बुझाएपछि रिहा भएका लामिछाने केही समय आफ्ना नेताकार्यकर्तासँग खुसी साटे । अदालत परिसरबाट उनी मंगलबारदेखि बस्दै आएको होटलमा पुगेर राती साढे ९ बजेपछि पोखरा जाने निर्णयमा पुगेका हुन् । बुटवलको सुप्रिम सहकारीमा रकम अपचलन गरेको आरोपमा दर्ता भएको मुद्दाको प्रतिवादमा लामिछाने मंगलबार साँझ रुपन्देही आएर देवकोटाचोकको होटल मेरिगोल्डमा बस्दै आएका थिए । उनको सचिवालयले राती नै पोखरा जान लागेको पुष्टि गरेको छ । राती नै लामिछाने श्रीमति निकिता पौडेलसहित सचिवालयका ११ जनाको टोली लिएर पोखरा लागेका हुन् । यसअघि कास्की जिल्ला अदालतले उनलाई धरौटीमा छाडेको र त्यसको विरुद्ध पुनरावेदनमा मुद्दा परेकोले त्यसको तयारी हो वा अरु काम हो खुलाइएको छैन ।