Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एक किलो चाँदी बोक्ने विकास पक्राउ

पर्सा । पर्सा जिल्लाको विरगंज महानगरपालिका १६ स्थित भन्सार मुलगेटबाट भाद्र १६ गते एपीएफ टोलीले एक के।जी। तीन सय ३२ ग्राम चाँदीसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्लाको विरगंज महानगरपालिका १२ रामगढवा बस्ने १८ वर्षीय विकास श्राव छन । सशस्त्र प्रहरी बल, नेपाल नम्बर १४ गुल्म हेक्वा पर्साबाट खटिएको एपीएफ टोलीले निजलाई उक्त चाँदी सहित पक्राउ गरेको हो । ना।१३ प ५५२४ नम्वरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका निज श्रावलाई जाँच गर्दा उनको साथमा उक्त चाँदी फेला परेपछि उनलाई पक्राउ गरिएको हो । एपीएफ टोलीले त्यसबेला सो मोटरसाईकल समेत बरामद गरेको छ । पक्राउ परेका श्रावलाई बरामद चाँदी तथा मोटरसाईकल सहित आवश्यक कारवाहीको लागि विरगंज भन्सार कार्यालय पर्सामा बुझाईएको छ । बरामद चाँदी तथा मोटरसाईकलको भन्सार दाखिला मुल्य करिव २ लाख ८ हजार रुपैयाँ रहेको छ ।