Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एक किलो सुनसहित समातिए अभय

मकवानपुर । हेटौंडा उपमहानगरपालिका(१ झोलुङ्गे पुलबाट सुन जस्तो देखिने पहेंलो धातु अन्दाजी १ केजी सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा मकवानपुर राक्सिराङ् गाउँपालिका(४ बिरकुट बस्‍ने ४१वर्षीय अभय थिङ् र दोलखा जिरी नगरपालिका(३ बस्‍ने ४५ वर्षीय ग्यालजेन शेर्पा रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले शंकास्पद रुपमा हिँडिरहेका उनीहरुलाई जाँच गर्ने क्रममा उक्त परिमाणको धातु फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।