Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एक महिनापछि बिदा हुँदैछन् कुलमान

काठमाण्डौ । सफल व्यवस्थापकको उपमा पाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल एक महिनापछि सकिँदैछ । विद्युत क्षेत्रको अनियमितता मात्रै उनले हटाएनन्, विद्युत अभावले छट्पटाएका आम उभोक्तालाई पनि उनले प्राण दिएका छन् ।
प्रचण्ड नेतृत्वको तत्कालिन सरकारले २०७३ सालको भदौ २९ गते प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका कुलमानको कार्यकाल आउँदो भदौ २९ गते सकिँदैछ । चार वर्षको यो अवधिमा घिसिङले नेपालमा लोडसेडिङ अन्त्य गर्दै घाटामा गएको प्राधिकरणलाई नाफामा पुर्‍याएका छन् । काठमाडौँका मुख्य क्षेत्रमा विद्युतको तारलाई भूमिगत गराइदै छ भने रुग्ण आयोजनाको निर्माण सम्पन्न भएको तथा विद्युत चुहावट घटाएर प्राधिकरणको सुधारका लागि घिसिङले महत्वपूर्ण योगदान गरेका छन् । प्राधिकरणको नेतृत्व रिक्त हुनै लाग्दा कतिपयले नयाँ कार्यकारी निर्देशकका लागि लबिङसमेत सुरू गरेको बुझिएको छ । तर, राम्रो काम गरेकाले घिसिङलाई नै उक्त पदमा निरन्तरता दिनुपर्ने जनदबाब सरकारमा छ ।