Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एक महिनामा विमानस्थल सुधार्ने प्रद्धिबता

काठमाडौं । सरकारले २०२० लाई पर्यटन वर्षका रुपमा मनाउने घोषणागरिरहँदा पूर्वाधारको विकास भने भइसकेको छैन । ्रत्यतिमाथि एउटै मात्र भएको अन्तर्राष्ट्रिय विमानस्थलको अवस्था देख्दा लाग्छ ती पर्यटक त्यही विमानस्थलबाट आउलान् ? यही भद्रगोलकाबीच मन्त्रीको जिम्मेवारीमा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले अबको एक महिनाभित्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुधार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । नेपाल चेम्बर अफ कमर्शद्वारा बुधबार आयोजित ‘नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धनका सम्भावना तथा सहजीकरणका सन्दर्भमा निजी क्षेत्रको भूमिका’ विषयक अन्तरक्रियामा मन्त्री भट्टराईले पहिलेको तुलनामा सुधार भएको र आकाशमा हुने ‘हवाई ट्राफिकिङ’ लगायतका समस्यालाई अझै व्यवस्थित ढङ्गबाट समाधान गरी समग्र सुधार गर्ने बताए ।
उनले भने, भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउने उद्देश्यले विमानस्थलको सुधार, भूकम्पबाट भत्किएका सम्पदाको पुनःसंरचना लगायतका कामलाई सरकारले तीव्रता दिएको छ, पर्यटन वर्षलाई सफल बनाउन सबैको सहयोगको अपेक्षा गर्दछु । उनले विमानस्थलमा खटिएका कर्मचारीलाई सकारात्मक सोचको तालिमको समेत व्यवस्था गरिएको बताउँदै आन्तरिक उडानमा देखिएका समस्यासमेत समाधान गर्ने बताए ।
मन्त्री भट्टराईले आन्तरिक विमानस्थलको विकास र विस्तारको काम भइरहेको भन्दै पोखरा, बारा र रुपन्देहीलगायतका स्थानमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम तीव्रताका साथ अघि बढिरहेको बताए ।
साथै यही डिसेम्बरसम्म लुम्बिनीको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम सम्पन्न गर्न निर्माण कम्पनीसँग सम्झौता भइसकेको बताउँदै उनले भने्, ‘पोखरा विमानस्थलको काम पनि सन्तोषजनक छ, यही रफ्तारमा काम अघि बढेमा आगामी ६ महिनामा सकिन्छ ।’
दोस्रो आन्तर्राष्ट्रिय विमानस्थल (निजगढ विमानस्थल) पीपीपी मोडेलमा जाने भनी मंगलबारमात्र लगानी बोर्डमा छलफल भएको उनले बताए ।

पर्यटन मन्त्रालय र अन्य मन्त्रालयको दायित्व भनेको जमिनको व्यवस्थापन, बस्ती व्यवस्थापन गर्नु भन्दै उनले भने, ‘सञ्चारमाध्यममा धेरै रुख काटिन्छ भनेर हल्ला फैलिएछ । वातावरण मन्त्रालयले निकालेको प्रतिवेदन अनुसार २ लाख बढी रुखहरु काटिनेछन् ।’

पर्यटकहरुका लागि प्रमुख गन्तव्य बनाउन सम्पदा पुनर्निर्माणको काम तीव्र गतिमा अघि बढेको उनले बताए ।

चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले भारत र चीन लगायतका मुलुकको जनसङ्ख्याको करीब ०।१ प्रतिशत पर्यटकलाई नेपाल ल्याउनुपर्नेमा जोड दिए ।

चेम्बरका निवर्तमान अध्यक्ष सुरेशकुमार बस्नेत र वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ललगायतले नेपालको पर्यटन क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकार समक्ष आग्रह गरे ।


सम्बन्धित समाचार

सुनको भाउमा फेरि नयाँ रेकर्ड

२०८१ जेष्ठ ३

ताजा नेपाल

चौतर्फी घेराबन्दीमा प्रचण्ड

२०८१ जेष्ठ ३

ताजा नेपाल

तित्राको मुखै बैरी

२०८१ जेष्ठ ३

ताजा नेपाल