Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । विना अध्ययन र पूर्व तयारी थालिएका काम दिर्घकालिन हुँदैनन् । भव्य रूपमा उद्घाटन गरी सञ्चालन गरिएको सूर्यविनायक–रत्नपार्क द्रुत बस सेवा बन्द भएको छ । संविधान दिवसको अबसर पारेर असोज ३ मा उद्घाटन गरिएको बस सेवा महिना दिनमै ठप्प बनेको हो । द्रुत बस भनिए पनि सोही बस ट्राफिक जाममा पर्दा समयमै यात्रुलाई गन्तव्यमा पुग्न हम्मेहम्मे थियो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका पूर्वसचिवहरू यस्तो बस सेवा नेपालमा आवश्यक भए पनि पर्याप्त तयारीबिना सुरु गर्दा निरन्तरता पाउन नसकेको बताउँछन् । तर सरकारी निकायले भने तिहारपछि बस सेवा सहज रूपमा सञ्चालन हुने दाबी गर्दै आएको छ । द्रुत बस सेवा चलाउने लीलामणि पौडेल मुख्यसचिव हुँदादेखि नै चलेको पूर्वभौतिक सचिव रवीन्द्र श्रेष्ठले बताए । सडक विभाग स्रोतका अनुसार द्रुत बसको रुटका लागि सडकमा रङ लगाउन, ट्राफिक संकेत राख्न र सडकको सामान्य सुधारमा मात्र साढे दुई करोड रुपैयाँ खर्च भएको छ । तर सडकमा लगाइएको रङ महिना दिन नपुग्दै मेटिन थालेको छ । यस्तो सेवा दिनु सकारात्मक भए पनि त्यसका लागि पर्याप्त पूर्वाधार आवश्यक पर्ने पूर्वसचिव अर्जुनजंग थापाले बताए । चिनियाँहरूले कोटेश्वर–कलंकी खण्ड विस्तार गर्ने बेला त्यहीअनुसार डिजाइन गर्न सकिएको भए छुट्टै लेन बन्थ्यो, त्यो सोचिएन, उनले भने, सडक विस्तारकै क्रममा द्रुत बस चलाउने गरी लेन छुट्याउन सकेको भए अहिले रत्नपार्क–सूर्यविनायक खण्डको जस्तो समस्या भोग्नु पर्दैनथ्यो । काठमाडौंमा ट्राफिक जामको समस्या धेरै हुने गरेकाले यो सेवा ठीक भए पनि सरकारले बनाउने नीति, नियममै समेटेर दीर्घकालीन योजना बनाएर अघि बढ्न आवश्यक रहेको उनको सुझाव छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले द्रुत बस सेवा बन्द नभएको दाबी गरे । आइतबार मन्त्रालयमा सरोकारवाला निकायको उपस्थितिमा बैठक गरी यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालको संयोजकत्वमा बस सञ्चालनसम्बन्धी समिति बनाइएको छ । रत्नपार्कबाट सूर्यविनायकसम्म १८।५ किलोमिटर छ । अत्यधिक ट्राफिक जाम हुने समय बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म २५ बस सञ्चालनमा ल्याइएको थियो । सडकमा रातो रङ लगाएका १९ ठाउँमा बस रोकेर यात्रु चढाउनेरओराल्ने व्यवस्था गरिएको थियो ।
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल
२०८१ मंसिर १०
ताजा नेपाल