Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एक रातमै पल्टिए यी

बुटवल । लुम्बिनी प्रदेशका स्वतन्त्र राजनीति समूहका प्रदेशसभा सदस्य अजय शाहीले एमालेले आफूहरुको गुनासो सुनुवाइ गरेकाले सो पार्टीको संसदीय दलमा फर्किएको बताए । उनले ताजानेपाललाई भने एमालेसँग हाम्रो केही गुनासो र असन्तुष्टि थियो, त्यही भएर त्यसलाई छाडेर विपक्षी गठबन्धनमा लागेका थियौं तर एमालेले हाम्रो गुनासो र असन्तुष्टि सम्बोधन गरेपछि फर्केका हौं ।

यहाँ स्वास्थ्यमन्त्री ह्द्येश त्रिपाठीको जोड बलले काम गरेको हो । किनकी ओली सरकारमा त्रिपाठीलाई सक्षम मन्त्रीका रुपमा प्रस्तुत गरिन्छ । उनले आफ्नै पहलमा भारतीय व्यापारीहरुसँग सम्पर्क गरेर कोरोना भ्याक्सीन भित्र्याएको दाबी गर्दछन् । त्यहाँ राजीनामा दिने संसद शंख्या घटाएर भए पनि पोख्रेललाई नै मुख्यमन्त्री पदमा टिकाउने अभियान पनि एमाले भित्रैबाट चलार्ईएको छ । एमालेको चुनाव चिन्हबाट चुनाव जितेपनि सो पार्टीको संसदीय दलमा स्वतन्त्र राजनीतिक समूहको कुनै मान सम्मान र प्रतिष्ठा नभएको गुनासो गर्दै त्यसका लागि आफूहरुले पटक पटक कुरा उठाउँदै आएपनि सुनुवाइ नभएको बताएका छन् । यस विषयमा केन्द्रीय मन्त्री एवं समूहका संयोजक हृदयश त्रिपाठी, संघीय सांसद वृजेश गुप्तालगायतसँग छलफल भएपछि एमालेले आफूहरुको गुनासो सम्बोधन गरेको उनको दावी छ । उनले आफूहरु कारवाहीको डरले एमालेको संसदीय दलमा नफर्केको पनि दावी गरेका हुन् ।

उनीसहित विपक्षी गठबन्धनतिर लागेका धर्मवहादुर लाल श्रीवास्तवले विज्ञप्ति समेत जारी गरेर एमाले संसदीय दलमा फर्किएको स्पष्ट पारिसकेका छन् । उनीहरुले सूर्य चिन्हबाट निर्वाचन लडेपनि मुख्यमन्त्री शंकर पोखरेलको विपक्षमा हस्ताक्षर गरेका थिए । तर २४ घण्टा नबित्दै कपिलवस्तु–२ ख बाट निर्वाचित श्रीवास्तव र नवलपरासी पश्चिम १ ‘ख’ बाट निर्वाचित शाहीले आफूहरुको समर्थन मुख्यमन्त्री शंकर पोखरेललाई रहेको जनाएका हुन् ।


सम्बन्धित समाचार