Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
महिलाले अल्छि गरे बच्चा जन्माउन असम्भव मानिन्थ्यो । तर त्यो अवस्था अब रहेन । अष्ट्रेलियामाएक वर्षमा २२ जना पुरुष सुत्केरी भएका छन् । अष्ट्रेलियाको डिपार्टमेन्ट अफ ह्युमन सर्भिसले जारी गरेको तथ्यांक अनुसार गत वर्ष २२ जना पुरुष गर्भवती बने र बच्चासमेत जन्माए । अष्ट्रेलियामा त्यसरी बच्चा जन्माउने पुरुषहरू समलिंगी पुरुष रहेको पनि बताइएको छ । तथ्यांक अनुसार पछिल्लो १० वर्षमा यसरी बच्चा जन्माउने ट्रान्सजेन्डर अष्ट्रेलियाली पुरुषको संख्या २ सय २८ रहेको छ । अष्ट्रेलियामा पहिलोपटक सन् २००९ मा पुरुषले बच्चाको जन्म दिएको घटना सार्वजनिक भएको थियो । त्यस समय पुरुषले बच्चा जन्माउने विषयलाई लिएर कतिपय मानिसहरू अष्ट्रेलियामा विरोधमा समेत उत्रिएका थिए । जसका कारण बच्चा जन्माउने पुरुषको नाम गोप्य राखिएको थियो । तर अहिले समय बदलिएको छ । मेलबर्न विश्वविद्यालयका एक प्राध्यापक समलिंगी पुरुषको बच्चा जन्माउने हकको पैरवी गर्दै आएका छन् । उनका अनुसार अब लैंगिकताको विषयमा समाजले आफ्नो सोच बदल्ने बेला आएको छ । उनी भन्छन्, जो पुरुष आफ्नो जीवनमा यस्तो फैसला लिन्छन् उनीहलाई बच्चा जन्माउनमा कुनै समस्या छैन । (एजेन्सी)
२०८१ मंसिर ४
ताजा नेपाल
२०८१ मंसिर २
ताजा नेपाल
२०८१ कार्तिक २९
ताजा नेपाल