Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एनआइसी एसियाले खोल्यो स्याफ्रुबेसीमा शाखा

काठमाडौं। एनआइसी एशिया बैंकले रसुवाको स्याफ्रुबेसीमा नयाँ शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ। गाउँपालिकाका अध्यक्ष कैसाङ नुर्पु तामाङले शाखाको उद्घाटन गरेका छन्। शाखा सञ्चालनमा आएसँगै त्यस क्षेत्रका ग्राहकलाई बैंकिङ सेवा लिन सजिलो हुने विज्ञप्तिमा उल्लेख छ।
बैंकको देशभर ३१० शाखा कार्यालय, ३८९ एटिएम, ९० वटा एक्स्टेन्सन काउण्टर एवं ४२ वटा शाखारहित बैंकिङ्ग सेवा इकाइ छन्। बैंकका १८ लाखभन्दा बढी ग्राहक छन्।