Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एनआइसी एसियाले थप्यो तीन शाखा

काठमाडौं । एनआइसी एसिया बैंकले विराटनगर र धरानमा शाखा थप गरेको छ । विराटनगरको मिल्स एरिया शाखाको उद्घाटन बैंकका सञ्चालक राजेन्द्रप्रसाद अर्यालले गरेका छन् । यसैगरी धरान बुद्धचोकस्थित शाखाको उद्घाटन अर्का सञ्चालक विनोदकुमार प्याकुरेलले गरेका छन् । बैंकको अब शाखा संख्या २८४ पुगेको छ । बैंकका २८९ एटिएम र ४१ एक्सटेन्सन काउन्टर छन् । बैंकले २८ वटा शाखारहित बैंकिङ इकाइ पनि चलाइरहेको छ ।