Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एनआईएमबी बैंक म्यानेजरमाथि दुर्गा प्रसाईं कार्यकर्ताले गरे अभद्र व्यवहार

काठमाडौं । झापामा रहेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लि.एनआईएमबीका सहायक म्यानेजर दिनेश पनेरुलाई दुर्गा प्रसाईंका समर्थकले अभद्र व्यवहार गरेका छन् ।
लोनको विषयबारे छलफल गर्नुपर्ने भन्दै प्रसाईं समर्थक देवी संग्रौलासहितको समूहले पनेरुलाई बैंकबाट जबरजस्ती बोलाएर एक चिया पसल पुर्‍याएका थिए ।
त्यहाँबाट समेत उनलाई झापास्थित प्रसाईंको अस्पताल बीएण्डसीमा लैजान खोज्दा नमानेपछि अभद्र व्यवहार गरेका थिए । सो घटनापछि प्रहरीले दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।

कोसी प्रदेश प्रहरी प्रमुख डीआईजी राजेश बास्तोलाका अनुसार अहिले दुवै पक्षबीच छलफल भइरहेको छ ।

अहिले छलफल भइरहेको छ । हामीले घटनाबारे समेत बुझिराखेका छौँ । विवाद के कारणले भएको हो, जबरजस्ती गर्न खोजिएको हो कि छलफल मात्रै हो, डीआईजी बास्तोलाले भने ।

बैंकका कर्मचारीमाथि जबरजस्ती गर्न खोजिएको देखिए कानुनी कारबाही हुने उनको भनाइ छ ।