Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एनआईसी एशियाको इद अफर

काठमाडौं । आफ्नो सामाजिक उत्तरदायित्वप्रति सचेत रहँदै आएको एनआईसी एशिया बैंकले विभिन्न धर्मावलम्बीहरुको चाडपर्वअनुसार विशेष योजनाहरु ल्याउँदै आएको छ । मुस्लिम समुदायको पवित्र चाड इद उल फितरका अवसरमा नयाँ खाता खोल्दा निशुल्क डेविट कार्ड र मोबाइल बैंकिङ सेवा दिने योजना बैंकले ल्याएको छ । बैंकले जेठ २२ गतेदेखि ३० गतेसम्मका लागि यो सुविधा ल्याएको बताएको छ । यो सेवाले डिजिटल बैंकिङमा टेवा पुग्ने बैंकको दाबी छ । बैंकले मुलुकभर २ सय ८४ स्थानमा शाखा खोलिसकेको छ ।