Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । आक्रामक रुपमा बजार विस्तारमा लागेको एनआईसी एशिया बैंकले एकै पटक ४०० जना कर्मचारी माग गरेको छ । बैंकले उपत्यकाभित्रका शाखा कार्यालयका लागि ५० जना शाखा प्रबन्धकको लागि कर्मचारीको माग गरेको हो । यस पदका लागि स्नातकोत्तर गरी कम्तिमा पनि १० वर्षको कार्यानुभव हुनु पर्ने बैंकले जनाएको छ । यस्तै रिलेसनसिप म्यानेजर पदका लागि ५० जना कर्मचारी माग गरिएको छ । यस पदका लागि स्नातकोत्तर गरी बैंकिङ क्षेत्रमा कम्तिमा पनि ५ वर्षको अनुभव आवश्यक पर्नेछ । सर्भिस म्यानेजर पदका लागि १०० जना कर्मचारी आह्वान गरिएको छ । बैंकले प्लस टु तथा व्याचलर सकेका तर अनुभव नभएकाहरुले पनि आवदेन दिन मिल्ने गरि हस्पिटालिटी सर्भिसमा २०० जना कर्मचारी माग गरेको छ । मार्केटिङ, कस्टमर सर्भिस, हेल्प डेक्सका लागि कर्मचारी माग गरिएको हो । योग्यता पुगेकाहरुले असार २० गतेसम्ममा आवदेन दिन सक्ने छन् ।
२०८१ मंसिर ६
ताजा नेपाल
२०८१ कार्तिक २९
ताजा नेपाल
२०८१ कार्तिक २१
ताजा नेपाल