Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एनआईसी एशियासँग वल्र्डलिङ्कको सम्झौता

कठमाडौँ । एनआईसी एशिया बैङ्क र वल्र्डलिङ्क कम्युनिकेसन्सबीच डिजिटल भुक्तानी गर्ने सम्झौता भएको छ । सो सम्झौताबमोजिम एनआईसी एशिया बैङ्कका ग्राहकहरूले २०७६ आश्विन ३० देखि २०७६ कार्तिक १६ गते (छठ पर्व) सम्म वल्र्डलिङ्कको इन्टरनेट बिल, मोबाइल बैङ्किङ र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी भुक्तानी गर्दा १०५ वा अधिकतम रू. तीन सयसम्म क्यास व्याक प्राप्त गर्न सक्ने छन् । साथै, वल्र्डलिङ्कका ग्राहकहरूले कुनै पनि बैङ्कको मोबाइल बैङ्किङ र डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी वल्र्डलिङ्कका कुनै पनि आउटलेट तथा शाखाहरूबाट इन्टरनेटको बिल सहजरूपमा भुक्तानी गर्न सक्ने छन् । सो सम्झौता पत्रमा बैङ्कको तर्फबाट बैङ्कका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र वल्र्डलिङ्कको तर्फबाट वल्र्डलिङ्कका प्रमुख वित्त अधिकृत सञ्जयकुमार साहले हस्ताक्षर गरेका छन् । हाल यस बैङ्कको मुलुकभर ३०१ शाखा कार्यालयहरू, ३७८ एटीएम, ८४ वटा एक्स्टेन्सन काउन्टर एवं ४२ वटा शाखारहित बैङ्किङ रहेको छ ।