Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एनआरएनए भित्र धाँधली !

काठमाण्डौ । सत्ता जस्तो सुकै होस कब्जा गर्न बलमिच्याइँ गर्ने चरित्र राजनीतिमा छ । त्यो रोग देशका पेशागत संगठनमा मात्र होइन विदेशमा बसेर डलर कमाएका जाली फटाहाहरूमा पनि छ भन्ने कुरा (एनआरएन) गैर आवसिय नेपाली संघमा पनि देखियो । उनीहरू विकसित मुलुकमा व्यवसाय गरेका कारण अनुशासित र कानुनसम्मत होलान् भन्ने अपेक्षा नेपालीमा थियो तर चरित्र भने हटेको रहेनछ भन्ने यस पटक देखियो । विद्युतीय मतदान गर्दा समेत फटाह चरित्रका गैर आवसिय नेपालीले देशको बदनाम गरेका छन् । अष्ट्रेलियाको भेरो इन्गेजमेन्ट एण्ड भोटिङ सोलुसनबाट भएको मतदानमा पनि डा. बद्री केसी पक्षले चमत्कार गरेको छ । पदका लागि संस्थाको बदनाम गर्ने समूह काँग्रेस र एमालेको हो । जहाँ माओवादी र मधेसवादीको बाहुल्यता नै छैन् । शेष घले अध्यक्ष भएपछि भित्रिएको काँग्रेस र एमालेको रंग यस पटक तीन टुक्रा भएर आयो । एनआरएनको उपेन्द्र महतो संस्थापक हुन् । उनले दुई कार्यकाल बिताए । जीवा लामिछाने आए शेष घले व्यक्तिमा तेस्रो कार्यकाल चौथो अध्यक्ष थिए । यस पटक बद्री केसीलाई जिताइयो । कुल आचार्य, रविना थापा र बद्री पालैपालो एक कार्यकालका अध्यक्ष भएर विदेशमा बस्ने नेपालीको बदनाम गरेकै हुन् । आरके शर्माको असन्तुष्टि विद्युतीय मतदानमा भएको गडवडी नै थियो । छानविन नहुँदासम्म कसैले पदको दावी नगर्ने सझौता गरे पनि डा. बद्री केसी समूहले संघ कव्जा गर्यो युवासंघको तिघ्रे समूह एनआरएनको कार्यालयमा उपस्थित गराएर कुटपीटमा उतार्ने बहुलक्षण कर्म एमालेले गर्यो । आफै धाँधली गर्ने आफ्नै तजविजको अनुगमन कमिटी बनाएर जात्रा देखाइयो । अन्र्तराष्ट्रिय स्तरमा बदनाम अष्ट्रेलियाको कम्पनी भेरो इन्गेजमेन्ट भोटिङ सोलुसनको भयो । कात्तिक २ मा सम्पन्न निर्वाचनमा विश्व बराल र टिका कार्कीको दोहोरो भोटिङ नै गडवडीको आधार थियो । एमाले जोडिएको यस्तो धाँधलीमा अनुगमन समिति पनि धाँधलीकै पक्ष भयो । भेरो भोटिङमा बद्री केसीको समूह सकृय देखियो ।
बिदेशवाट नेपालमा आएर चुनाव गर्ने संस्थाका कार्यक्रम बनाउने विदेशमा बस्ने नेपाली पनि नेपाली राजनीतिको दरिद्र पाटोका सहयात्री भएर चिनिए । कुनै पनि पेशागत संस्थामा भएको चुनाव जित्न नसके संस्था फुटाउने कम्युनिष्ट र काँग्रेसी रोग नेपालमा छ । निर्वाचन संयोजक यादव ढुंगाना होउन वा छानविन कमिटिका संयोजक दूर्गा आचार्य समेत यो धाँधलीको पक्षधर भएका छन् । एउटा संस्था ३ कित्तामा विभाजित भएको छ । एनआरएनएलाई दोहोरो नागरिकता उपलव्ध गराएर सरकारले समेत कानूनको खिल्ली उडाएको छ । विश्वमा नभएको जात्रा यहीं छ । नेपालबाट रोजगारी कै लागि विदेश गएर त्यहाँको कमाई त्यहीको लगानीमा रमाएका नेपालीहरूले अस्पताल, होटल, बैंक, बीमा र उर्जा क्षेत्रमा लगानी गरेका पनि छन् । सरकारबाट आवश्यक सुविधा पनि लिने भोटिङ अधिकार पनि खोज्ने गैर आवसीय नेपालीको चरित्र उदाँगो भएको छ । राजनीति रंग दिएर संस्थागत रूपमा भएको निर्वाचनमा धाँधली सम्वन्धी छानविन प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोसम्म पुग्नु नै लाजको पसारो हो । आँफू अध्यक्षबाट हेटेपछि शेष घलेले कोरियामा विनोद कुँवरलाई अध्यक्ष बनाएर संघ खोलेपछि एनआरएन विवादमा तानियो । तिलक केसी (अमेरिका) ले पैसा र राजनीतिले एनआरएनए विभाजीत भएको बताउँछन् । आफै जित्नुपर्छ भन्ने मान्यताले संस्था ध्वस्त भयो पूर्व अध्यक्ष कुमार पन्त बताउँछन् । एउटा सामाजिक संस्थाभित्र राजनीति आस्थाका मान्छे हुन्छन् । तर संस्थालाई दलकै भगिनी संगठन बनाउने कि सर्वस्वीकार्य सदस्यहरूको मानसिकतामा भर पर्दछ । यस्तो भाँडतन्त्रलाई सरकारले साथ दिनु नै गल्ती हो ।