Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एनएमबीको १५ वर्षका लागि ११.९९ प्रतिशतमा स्थिर अवधिको घर कर्जा घोषणा

एनएमबी बैंकले १५ वर्षका लागि ११.९९ प्रतिशत स्थिर ब्याजदरसहितको घर कर्जा घोषणा गरेको छ । घरधनीलाई कर्जाको स्थिर मासिक भुक्तानीका साथै व्यक्तिको दीर्घकालीन वित्तीय योजनामा समेत मद्दत पुर्‍याउने उद्देश्यले यो योजना ल्याइएको हो ।
सो योजनाले लामो अवधिका लागि कम र अनुमानित ब्याजदर सुरक्षित गर्न मद्दत पुग्ने बैंकको विश्वास छ । यो कर्जा योजनामा कुनै पनि बजार उतारचढाव या ब्याजदरहरूमा परिवर्तन भए पनि मासिक भुक्तानी ऋण अवधिसम्म स्थिर रहने बैंकले जानकारी दिएको छ ।
‘घरमा लगानी गर्नु एक व्यक्ति र परिवारका लागि ठूलो लगानी हो र हामी मासिक भुक्तानी व्यवस्थापन गर्ने सन्दर्भमा स्थिरताको महत्त्व बुझ्छौं,’ एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसीले भने ।
एनएमबी बैंक २६ वर्षदेखि बैंकिङ सेवा प्रदान गर्दै आएको नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंक दि फिनान्सियल टाइम्स, लन्डनको ‘द बैंकर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ बाट सम्मानित भएको छ ।
एनएमबी बैंकले २०१७, २०१८, २०२० र २०२१ लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर नेपाल’ प्राप्त गरिसकेकको छ । एनएमबी बैंकले हाल देशभरिका २०१ शाखा, १३८ एटीएम र ११ एक्सटेन्सन काउन्टरबाट सेवा प्रदान गर्दै आएको छ ।


सम्बन्धित समाचार

आजबाट धरहरा चढ्दा २०० लाग्ने

२०८१ मंसिर ९

ताजा नेपाल

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल