Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एनएलजी इन्स्योरेन्सले चुक्ता पुँजी १३ करोड रुपैयाँले बढाउँदै

काठमाडौं। एनएलजी इन्स्योरेन्सले चैत २० गतेका लागि १७औं साधारण सभा डाकेको छ। सभा बालुवाटारमा हुँदैछ।
कम्पनीले नियामकीय प्रावधान अनुसार अधिकृत पुँजी वृद्धि गरेर ३ अर्ब रुपैयाँ पुर्‍याउने र लाभांशको प्रमुख एजेन्डा सभामा लैजाँदैछ। बाँकी नियमित प्रस्तावहरु पेस हुँदैछन्।
गत आवका लागि कम्पनीले १०.५३ प्रतिशत प्रस्ताव गरेको थियो। लाभांशको सहायतामा एनएलजी इन्स्योरेन्सले चुक्ता पुँजी बढाउँदैछ। प्रस्तावित मध्येको १० प्रतिशत बोनस सेयर हो।
बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पुँजी १३ करोड २६ लाख रुपैयाँले बढ्नेछ। जुन विशेष प्रस्ताव सभाले पारित गर्नेछ। हाल चुक्ता पुँजी १ अर्ब ३२ करोड रुपैयाँ छ।
सभा र लाभांश प्रयोजनका लागि कम्पनीले चैत १३ गते एकदिन बुक क्लोज गर्ने जनाएको हो।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

गगनले सभापति छाडे के हुन्छ काँग्रेस ?

२०८२ फाल्गुन २६

ताजा नेपाल