Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एनसीसी बैंकद्वारा वार्षिक साधारणसभा आह्वान

काठमाण्डौ । नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभा डोकेको छ। बैंक सञ्चालक समितिको कात्तिक ४ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर २ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजेबाट सुरु हुनेछ। सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ११ प्रतिशत लाभांश अनु्मोदन गर्नेछ। जसमा ३।३६६३ प्रतिशत बोनस सेयर र ७।६३३७ प्रतिशतले हुन आउने नगद लाभांश ९लाभांश करसहित० छन्। बोनस सेयर वितरणपछि बैंकको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था गाभ्ने, गाभिने र प्राप्ति प्रयोजनका लागि गर्नुपर्ने सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले कात्तिक १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।