Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एनसेलले ल्यायो ‘अनलिमिटेड रोमिङ डेटा प्याक’

काठमाडौंं । एनसेलका ग्राहकले अब भारत भ्रमणमा रहँदा बिना कुनै झन्झट अझ सुलभ दरमा डेटा रोमिङ्ग सेवाको मजालिन सक्नेछन् । ग्राहकले आफू भारत भ्रमणमा जादाँ आफ्नो एनसेल सिम साथै लगि मात्र रु १०० माप्रत्येक दिन अनलिमिटेड रोमिङ्ग इन्टरनेट सेवाको फाइदा लिन सक्नेछन् । एनसेलले भारत भ्रमणमा जाने आफ्ना ग्राहकका लागि आकर्षक ‘अनलिमिटेड रोमिङ्ग डेटा प्याक’ ल्याएको छ जस अन्तर्गत एनसेलका ग्राहकले आफू भारतमा रहेको समयमा पनि आफ्ना परिवार तथा आफन्तसँग सुलभ दरमा रोमिङ्ग डेटा सेवामार्फत सम्पर्कमा रही रहन सक्नेछन् । यस अफर अन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्पेड ग्राहकले भारत भ्रमणमा रहँदा हरेक दिन कर बाहेक मात्र रु १०० (रु १२७.६९ कर सहित) मा अनलिमिटेड रोमिङ्ग डेटा सेवाको फाइदा लिन सक्नेछन् । यो सेवाबाट लाभ लिन एनसेलका ग्राहकले आफू यात्रामा जानु अघि एस्ट्रिक्स १७१२९ ह्यास डायल गरि निर्देशनअनुसार यो रोमिङ्ग सेवा सुचारु गर्न सक्नेछन् । रोमिङ्ग सेवा सुचारु गरी सकेपछि पुनः एस्ट्रिक्स १७१२९ ह्यास डायल गरी ग्राहकले यो डेटा प्याकलिन सक्छन् । एक पटक यो प्याक सुचारु गरेपछि नेपालको समय अनुसार हरेक मध्यरातमा यो सेवा स्वतः नविकरण हुनेछ र शुल्कभने ग्राहकले डेटा प्रयोग गरेको खण्डमा मात्रलाग्नेछ । अर्थात ग्राहकले प्याक खरिद गरी डेटा सेवाप्रयोग नगरेमा शुल्क लाग्ने छैन । ग्राहकले यो प्याकभारत भ्रमणमा जानु अघि वा भारतमापुगे पछि पनिलिन सक्नेछन् । भारतमा ठूलो संख्यामा नेपालीहरू व्यापार व्यवसायमा तथा तीर्थका लागि यात्रा गर्ने गरेका छन् । यो योजनाले ग्राहकलाई भारतमा रोमिङ्गमा रहँदा सुलभ दरमा अनलिमिटेड इन्टरनेट सेवा सुनिश्चित गरि आफ्ना परिवारका सदस्य, साथी भाईसँग सम्पर्कमा रहिरहन सहयोग पु¥याउने विश्वास एनसेलले लिएको छ ।


सम्बन्धित समाचार