Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एनसेलले शुरु गर्यो, एनसेल फर बिजनेश

काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले ‘एनसेल फर बिजनेश’ सेवाको शुभारम्भ गरेको छ । उक्त समारोहमा विशिष्ट व्यक्तित्वहरू, कुटनीतिक नियोगका प्रतिनिधीहरू, उद्योगी व्यावसायी, उच्च पदस्थ सरकारी अधिकारीहरू र सञ्चार क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उपस्थिती रहेको थियो । समारोहमा पाहुनाहरूलाई लाइभ ज्याज व्याण्डको सुमधुर संगीतले स्वागत गरिएको थियो । प्रमुख वक्ताका रुपमा रहेका साउथ इष्ट एसिया टिएमटी, सिटीगु्रप इन्भेष्टमेन्ट बैंकिङ्गका निर्देशक तथा प्रमुख आयुष झुनझुनवालाले डिस्रप्टिभ एण्ड इमर्जिङ्ग टेक्नोलोजि ट्रेन्डस्का बारेमा आफनो प्रस्तुती राख्दै समारोहको शुरुवात गरेका थिए । प्रविधिले प्रत्येक क्षेत्र, उद्योग र व्यवसायलाई कसरी प्रभाव पारिरहेको छ भन्ने बारे उनले बताए । ‘केही समय अगाडिसम्म मात्र पनि व्यवसायहरू एक भिन्न रुपमा छुट्टा छुट्टै संचालनमा रहन्थे । अहिले हामी यस्तो समयमा छांै जहाँ प्रविधिले हरेक क्षेत्रमा मुख्य भुमिका निर्वाह गर्दछ । आफ्नो ग्राहकको सहि मुल्य र पहिचानले व्यवसायहरूलाई फाइदा पुगेको छ ।’ यस पश्चात एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङ्गले उपस्थित सबै पाहुनाहरूलाई स्वागत गर्दै ‘एनसेल फर बिजनेश’ को लोगो अनावरण गरेका थिए । उनले कसरी डिजीटल विश्वले विकासका लागि उत्प्रेरकका रुपमा काम गरिरहेको र यसले कसरी नयाँ अवसरहरूको सिर्जना, उत्पादकत्वमा वृद्धि गर्दै नविन सेवा तथा व्यवसायहरूलाई बढावा दिर्दै व्यवसाय कसरी चुस्त बन्दछ भन्ने बारे प्रकाश पारे । उनले एनसेल ब्राण्डको सार ‘आज, भोलि, सधंै सँगै’ को बारेमा पनि पाहुनाहरूलाई जानकारी गराए । “हामी ठूला साना सबै व्यवसायहरूलाई उहाँहरूको क्षमताले भ्याए सम्म प्रगति गर्नका लागि सहयोग गर्छाैं । हाम्रो प्रविधि, वस्तु तथा सेवाहरू मार्फत व्यवसायहरूका लक्ष्य र महत्वकांक्षाहरू हाषिल गर्नका लागि सहयोग गर्न हामी हाम्रा ईन्टरप्राइज ग्राहकहरूसँग सझेदारी गर्छाैं ।’
त्यसै गरी चोङ्गले ‘एनसेल फर बिजनेश’ का बारेमा उत्साह प्रकट गर्दै भने, ‘एनसेल फर बिजनेश (एनफोरबी) मार्फत व्यवसायहरूका निमित्त नविन ईन्टरप्राइज सेवाहरू ल्याउन पाउँदा हामी एकदम हर्षित छौं । यो सेवा ठूला र साना व्यवसायहरूलाई उहाँहरूको सम्भावनाले भ्याए सम्म प्रगति गर्नका लागि सहयोग गर्न अनुकूलित छ । यसले हाम्रा ईन्टरप्राइज ग्राहकहलाई उहाँहरूको लक्ष्य प्राप्ति अर्थात आफ्नो गोल गेन गर्न सहगोग गर्दछ । त्यसका लागि चहिने पुर्वाधार, उच्चस्तरको नेटवर्किङ्ग, नयाँ प्रविधिमा पहुँच र प्रतिस्पर्धी बजारमा प्रतिस्पर्धा गर्न यो सेवाले सहयोग प्रदान गर्दछ । एनसेल फर बिजनेश (एनफोरबी) विश्वस्तरिय सेवाहरू प्रदान गर्ने र उच्तस्तरको कनेक्टिभीटी र डिजिटाईजेसनको लाभ लिन अवसर प्रदान गर्ने हाम्रो प्रतिवद्धता बमोजिम शुरु गरेका छौं ।’ आफ्नो उच्चगतिको फोरजी सेवा व्यापक रुपमा विस्तार गरेपछि एनसेलले अब आफ्ना ईन्टरप्राईज ग्राहकहरूलाई फिक्स्ड कनेक्टिभीटी सेवा ल्याएको छ । यस अन्तर्गत ईन्टरन्यासनल प्राईभेट लिज्ड सर्भिस (आईपिएलसी), डोमेस्टिक लिज्ड सर्भिस (डिएलसी)÷भर्चुअल प्राईभेट नेटवक
(भिपिएन), ब्रोडव्याण्ड इन्टरनेट, ब्याण्डविथ अन डिमाण्ड, वेब एप्लिकेसन फायरवाल, युनिफाइड थ्रेट म्यानेजमेन्ट, सफ्टवेयर डिफाइन्ड वाइड एरिया नेटवर्किङ्ग (एसडि वान) र ईथरनेट भर्चुअल प्राईभेट नेटवर्क (इभिपिएन) जस्ता सेवाहरू उपलब्ध छन् । आफ्नो म्यानेज्ड सर्भिस अन्तर्गत, कम्पनीले म्यानेज्व्ड वाईफाई, भिडियो कन्फे्रन्सिङ्ग र सर्वेलेन्स सेवा प्रदान गर्नेछ ।