Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एनसेल टावरमा बम हान्ने पक्राउ

नवलपरासी पश्चिम । संगठित अपराध मुद्दामा फरार रहेका अभियुक्त बर्दघाट नगरपालिका-१२ सफईया बस्ने ४१ वर्षीय चैतराम मुसहरलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
२०७५ फागुन २९ गते राति सरावल गाउँपालिका-१ तुलसीपुरस्थित महेन्द्र राजमार्गमा रोकी राखेका ना।५ ख ७७४१ र ना।४ ख ६८२५ नम्बरका २ ट्रकमा आगजनी गरेको तथा २०७६ साउन १६ गते बर्दघाट नगरपालिका-१३ स्थित एमसेल टावरमा बम बिस्फोट गराई क्षति पुर्‍याएको घटनामा संलग्न रही फरार रहेका मुसहरलाई ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरीले फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


सम्बन्धित समाचार