Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एपीएफ अस्पतालले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौं । नेपाल एपीएफ अस्पताल बलम्वुले २४औं वार्षिकोत्सव मनाएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको प्रमुख आतिथ्यमा फागुन २ गते सो वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा महानिरीक्षक अर्यालले नेपाल एपीएफ अस्पतालमा कार्यरत रहि वर्षभरी उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारी तथा अस्पताललाई सहयोग पुर्‍याउने विभिन्न संघसंस्थालाई कदरपत्र, पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । महानिरीक्षक अर्यालले स्थापनाको यस विशेष क्षणले स्वास्थ्यकर्मीहरुमा सकारात्मक भावनासाथ मानविय सेवामा थप परिस्कृत, बैज्ञानिक र गुुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने कार्यमा उर्जा मिलोस् भन्ने शुभकामनासहित अस्पतालमा कार्यरत चिकित्सक, कर्मचारी र अग्रज नेतृत्वहरुप्रति हार्दिक आभार प्रकट गरे । उनले प्राकृतिक विपद्, आपत् कालिन अवस्था, भुकम्प, कोभिड महामारी जस्ता चुनौतीको सामना गर्दै नेपाल एपीएफ अस्पतालले जनताको स्वास्थ्यलाई सर्वोपरी थानी कार्य गर्दै आइरहेको बताउँदै यस अस्पताल उपचार सेवामा मात्र सिमित नभई ईमर्जेन्सी, प्याथोलोजी, रेडियोलोजी, डाईलेसिस सेवा, प्रसुती सेवा लगायतका आधुनिक सेवामा स्थापित हुँदै आएको उल्लेख गरे । महानिरीक्षक अर्यालले सेवा प्रवाहलाई सहज, सुलभ, गुणस्तरीय बनाउँदै लैजाने लक्ष्यकासाथ नयाँ प्रविधि, तालिम, शैक्षिक विस्तार र सेवा प्रणालीमा निरन्तर सुधारलाई प्राथमिकतामा राख्नुकासाथै सेवाग्राहीमैत्री वातावरण सृजना गर्न गुनासो व्यवस्थान प्रणालीलाई समेत थप परिस्कृत बनाउँदै लैजाने बताए । स्वास्थ्य सेवा केवल पेशा नभई मानवताको सेवा, करुवणाको अभ्यास र राष्ट्रप्रतिको गहिरो प्रतिवद्धता भएको चर्चा गर्नुहुँदै महानिरीक्षक अर्यालले व्यक्तिगत लाभ, पदोन्नती र करियर केन्द्रित सोच भन्दा बाथि उठेर राष्ट्र, संगठन र जनताको सर्वोच्च हितलाई पहिलो प्राथमिकतामा राखी कार्य निर्देशन समेत दिए । सोही अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले नेपाल एपीएफ अस्पतालमा सम्पन्न भएको मडुलर अप्रेशन थे्रेटरको समेत उद्घाटन गरेका थिए। कार्यक्रममा अस्पतालका प्रमुख प्रा।सशस्त्र प्रहरी नायव महानिरीक्षक डा।रुपक महर्जनले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा अवकाश प्राप्त सशस्त्र प्रहरी महानिरीक्षकहरु, चन्द्रागिरी नगरपालिका प्रमुख, बहालवाला तथा अवकाश प्राप्त सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, विभिन्न संघ संस्था तथा सुरक्षा निकायका पदाधिकारी लगायत विल्लादार जवानहरुको समेत उपस्थिति रहेको थियो।


सम्बन्धित समाचार

रास्वपाको पक्षमा अभूतपूर्व मत

२०८२ फाल्गुन २२

ताजा नेपाल

अग्रता बढाउँदै रवि लामिछाने

२०८२ फाल्गुन २२

ताजा नेपाल

धादिङ १ मा रास्वपाकी आशिकाको अग्रता

२०८२ फाल्गुन २२

ताजा नेपाल