Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । एमसीसी भन्दा पनि गठबन्धन आवश्यक देखिएपछि माओवादी केन्द्र र एकीकृत समाजवादी जालोमा परेका छन् । नेपाली कांग्रेसले सत्ता गठबन्धत तोडेर प्रमुख विपक्षी नेकपा एमालेका माग सम्बोधन गर्ने दिशामा पहल अघि बढाएपछि नेकपा माओवादी केन्द्र र नेकपा एसले एमसीसी अनुमोदनमा सघाउने वचन दिएका छन् । शनिबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट गएर एमालेसँग सहमति गर्ने र त्यसअघि दुवै दलका दोस्रो तहका नेताहरुबीच सहमतिको मस्यौदा बन्न लागेको खबर पाएपछि सिंहदवारमा माओवादी र नेकपा एसका नेताहरुको आकस्मिक छलफल भएको थियो । छलफलमा झलनाथ खनालले कुनै हालतमा एमसीसी पारित गर्न नहुने भने पनि गठबन्धन भत्किने र केपी ओली पुनः हाबी हुने भन्दै प्रचण्ड(माधव संसदमा एकतर्फी घोषणा वा संकल्प प्रस्तावसहित एमसीसी पारित गरेर गठबन्धन जोगाउनुपर्ने पक्षमा सहमत भएका हुन् । नेकपा एसले एमसीसीबारे निर्णय गर्न आइतबार बिहान स्थायी कमिटी बैठक बोलाएको छ । सिंहदबारबाट निस्कने क्रममा पनि प्रचण्डले गठबन्धन नटुट्ने र एमसीसी पनि सहमतिमा अघि बढ्ने बताएका थिए । सत्ता गठबन्धनका नेताहरु शनिबर बसेर टुंगो लगाउने भएपछि अन्तिममा प्रधानमन्त्री देउवाले बालकोट जाने कार्यक्रम रद्द गरेका थिए । कांग्रेस र एमालेबीचको वार्ता निष्कर्षविहीन भएको र आफूहरु पूर्ववत अडानमा रहेको एमाले उपाध्यक्ष विष्णु पौडेलले बताए । कांग्रेसले माओवादी अध्यक्ष प्रचण्डलाई एमसीसी अनुमोदन गर्ने पार्टीको संस्थागत निर्णय ल्याउन शुक्रबार नै दबाब दिएको थियो । सांसदले बहिस्कार गरेर उपस्थितिको बहुमतले पारित गर्ने अप्सनमा कांग्रेस सहमत नभएपछि प्रचण्डमाथि अनुमोदनको दबाब बढ्यो ।
प्रधानमन्त्री देउवा गठबन्धन भत्काएर एमालेसँग सम्झौता गर्ने तयारीमा अघि बढेका थिए । त्यसपछि माओवादी र नेकपा एसभित्र संसदबाट संकल्प प्रस्ताव वा कुनै नामको एकतर्फी घोषणा गरेर भने पनि एमसीसी अनुमोदन गर्नुपर्ने र गठबन्धन जोगाउनुपर्ने दबाब बढ्यो । आज बिहानको कार्यक्रममा पनि प्रचण्डले एमसीसीको समस्या समाधान हुने र गठबन्धन पनि जोगाउने अन्तिम प्रयास भइरहेको बताएका थिए । तर कांग्रेसले एमसीसी अनुमोदन गर्ने लिखित र संस्थागत निर्णय प्रचण्डसँग मागेका कारण उनी पार्टीभित्र सके सर्वसम्मत नभए बहुमतको निर्णय भने पनि देखाएर लिखत बुझाउनेसम्मको मनस्थितिमा पुगेका थिए ।
माओवादीले निर्णय गरेमा नेकपा एसमा समस्या हुन्न । एसमा झलनाथको विरोधकाबीच वहुमतले निर्णय गर्ने अवस्था छ । माओवादीमा नारायणकाजी श्रेष्ठ, कृष्णवहादुर महरा, मात्रिका यादव, लिलामणी पौडेल, देव गुरुङ लगायतका नेताहरु एमसीसीको विपक्षमा मतदान गर्नुपर्ने पक्षमा छन् । तर मन्त्रीहरु र अन्य नेताले मध्यमार्ग खोज्न प्रचण्डलाई सुझाएका थिए ।
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल