Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमसीसीबारे साझा धारणा बनाउन सर्वदलीय बैठकको नाटक मञ्चन

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबारका लागि सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार सर्वदलीय बैठक भोलि अपरान्ह ४ बजेका लागि बोलाईएको छ । हिजोमात्रै सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री देउवालाई भेटेर सर्वदलीय बैठक बोलाउन आग्रह गरेका थिए ।
पछिल्लो समय एमसीसी सम्झौता संसद्बाट पारित गराउने चर्चा चलिरहेको बेला प्रचण्डले भने यसबारेमा सर्वदलीय बैठक राखेर साझा धारणा बनाउनुपर्ने बताएका छन् । सोहीअनुसार उनले हिजो प्रधानमन्त्री देउवालाई भेटेर यस्तो सुझाव दिएका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने वर्तमान सत्ता गठबन्धन भत्काउने शर्तमा काँग्रेसलाई एमसीसी पारित गर्नसघाउने घोषणा गरिसकेको छ । सत्तामा रहँदा एमसीसीको पक्षमा खुलेको काँग्रेस विपक्षमा हुँदा ढुलमुले कुरा गरेर जता फाइदा हुन्छ उतै निर्णय गर्दै आइरहेको छ ।