Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमसीसीले कता कता दियो धक्का ?

काठमाडौं । अमेरिकी स्वार्थको सहयोग सम्बन्धी एमसीसीले देशको राजनीतिमा ठूलै भूकम्प सिर्जना गरेको छ । सत्ता गठबन्धनभित्र एमसीसी पेचिलो बनेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा अबको एक महिनाभित्र एमसीसीबारे निर्णय लिने पक्षमा उभिएका छन् । तर, गठबन्धनका दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टी सामु चुनौती तेर्सिएको छ । देउवाले एमसीसी पारित गर्न निर्णय दिन प्रचण्ड र माधवकुमार नेपाललाई भनेका छन् । प्रचण्ड र नेपालले चुनाव घोषणा गरी एमसीसीमा निर्णय तत्काल रोक्न खोजेपनि देउवा तयार नभएको बुझिएको छ ।
अब एमसीसीमा देउवा अगाडि बढ्ने भएबाट सत्ता गठबन्धनमाथि चुनौती बढेको छ । प्रचण्ड र माधव नेपाल एमसीसी पारित गर्न तयार नभए देउवाले विकल्प खोज्ने बुझिएको छ । उनले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहमति बनाउने तयारी समेत गरेका छन् । यसले राजनीतिक कम्पन आएको छ । देउवामाथि एमसीसी पारित गर्न दबाब बढेको छ । एमसीसी पारित गर्न अमेरिकाले समयसीमा समेत तोकेर देउवालाई सन्देश पठाएको बुझिएको छ । विश्वस्त स्रोतका अनुसार अबको एक महिनाभित्र एमसीसी पारित नगरे अर्को कुनै देशमा सहयोग रकम लाने अमेरिकाले सन्देश दिइसकेको छ । यसले देउवा दबाबमा परेका हुन् ।