Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमसीसीले नेकपामा भाँडभैलो

काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्र अहिलेकै अवस्थामा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) स्वीकार्ने या नस्वीकार्ने भन्ने बहस जारी छ ।
पुस पहिलो साता सकिएको नेकपाको स्थायी समितिमा यसबारे व्यापक बहस भएपछि सुझबुझका साथ निर्णय गर्ने अधिकार हाईकमाण्ड अर्थात् सचिवालयलाई दिइएको थियो । तर, स्थायी समितिले जिम्मा दिएको १५ दिन बित्दा समेत यसबारेमा नेकपा सचिवालयमा ठोस छलफल हुन सकेको छैन ।
प्रतिवेदनमा समेटिएकाले सामान्य छलफल भएपनि एजेण्डाका रुपमा सचिवालयमा यो विषयले प्रवेश नै पाएको छैन, एक सचिवालय सदस्यले रातोपाटीसँग भने, बहुमत नेता एमसीसी सम्झौता संशोधनको पक्षमा रहेकाले नै सचिवालय बैठकमा एमसीसी एजेण्डा नबनेको हुन सक्छ ।
तर, प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र केही मन्त्रीहरुले एमसीसी सम्झौता संसदबाट पारित हुन्छ भनेर एकोहोरो भनिरहेका छन् । यही बेला अमेरिकी दुतावासले समेत एमसीसी इण्डोप्यासिक रणनीति अन्तगर्तकै अङ्ग भनेर अर्थयाई सकेको छ । जसलाई नेपाल सरकारका केही मन्त्रीहरुले इण्डोप्यासिफिकअन्तर्गत एमसीसी नभएको भन्ने भनाइलाई खण्डित गरिदिएको र यो विषयलाई अघि बढाउन नेकपा सचिवालय र सरकार दुवैलाई अप्ठेरो भएको नेकपाकै नेताहरुको भनाइ छ ।
त्यतिमात्रै होइन नेकपा सचिवालयका अधिकांश सदस्यहरु नै हालकै अवस्थामा एमसीसी पारित गर्न नहुने पक्षमा देखिएका छन् । सचिवालयका नेताहरुबीच नै सहमति बन्न नसकिरहेका बेला यो सम्झौताबारे निर्णय गर्न नेकपाका नेताहरुलाई कठिन हुने सचिवालयका एक सदस्य बताउँछन् ।
एमसीसी पास गर्नुपर्छ भन्ने पक्षमा प्रधानमन्त्री तथा अध्यक्ष केपी ओली र महासचिव विष्णु पौडेलमात्रै अग्रपक्तिमा छन् । त्यसबाहेक कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रस्तावित उपाध्यक्ष वामदेव गौतम, सदस्यहरु माधव कुमार नेपाल, झलनाथ खनाल, ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठ केही न केहीमा रिर्जभेसनमै रहेका छन् । गृहमन्त्री समेत रहेका रामबहादुर थापा भने एमसीसीबारे मुख नखोल्ने नेताहरुमा पर्छन् । यहीबेला नेकपाकै नेताको अगुवाइमा एमसीसी खारेज अभियान सुरु भएपछि नेतृत्वलाई एमसीसी गलगाँड जस्तै बन्न पुगेको छ ।
नेकपा नेता नारायण शर्माको अगुवाइमा यो अभियान सुरु भएको हो । एमसीसी सम्झौता घातक, असंलग्न परराष्ट्र नीति विपरित र चीनसँगको मित्रतालाई विथोल्ने गरी आएकाले संसदबाट अनुमोदन गर्न नहुने नेता शर्माको भनाइ छ ।
नेता शर्माले नेपालस्थित अमेरिकी दूतावासले एमसीसी इण्डो प्यासिफिक रणनीतिको अङ्ग भनिसकेको अवस्थामा समेत नेताहरुले जसरी पनि पास हुन्छ भनेर भन्न थालेकाले आफूहरु खारेज गर्नुपर्छ भनेर अभियानमा लागेको बताए ।


सम्बन्धित समाचार

आज पनि अति भारी वर्षाको सम्भावना

२०८१ आश्विन १२

ताजा नेपाल

कुलेखानी भरियो, खोलियो दुवै ढोका

२०८१ आश्विन १२

ताजा नेपाल