Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमसीसीविरुद्ध बोल्यो जनपरिषद्

काठमाडौं । भदौ १८ गते गृह मन्त्रालयले एमसीसीतिर लक्षित गर्दै ‘विदेशी मित्र राष्ट्रहरूको सहयोगमा सञ्चालित आयोजनाका बारेमा नकारात्मक टिप्पणी नगर्न, मित्र राष्ट्रहरूको विरोध गर्नेलाई सूक्ष्म निगरानी गरिने र यस्ता गतिविधि गर्नेलाई प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने’ भनी एक प्रेस वक्तव्य सार्वजनिक गरिएको र प्रधानमन्त्री शेरवहादुर देउवाको सिफारिसमा हतारहतारमा मुख्यतः एमसीसी पास गर्ने उद्देश्यले यही भदौ २३ गते केन्द्रीय संसद्को अधिवेशन आह्वान गरिएको बारे केन्द्रीय जनपरिषद् नेपालको ध्यानाकर्षण भएको केन्द्रीय जनपरिषद्का अध्यक्ष सन्तोष बुढाले वक्तव्यमार्फत् बताएका छन्
सरकारको यो अभिव्यक्ति कुनै पनि लोकतान्त्रिक÷राज्य–सरकारका लागि लोकतान्त्रिक मूल्य–मान्यताभन्दा बाहिर भएको, देशका नागरिकहरूलाई सूचनाको हकबाट वञ्चित गर्न खोजेको, एमसीसीजस्ता राष्ट्रघाती परियोजना पास गर्न यसको विपक्षमा उठेका मतहरूमाथि प्रतिबन्ध र दमन गर्न खोजेको, देशलाई फेरि द्वन्द्व र अशान्तितिर धकेल्न खोजेको, सि¨ो देशका नागरिकले एमसीसी देश र जनताको हितमा नभएको ठहर गरी विरोध गरिरहेको र पूर्ण खारेजीको माग गरिरहेको सन्दर्भमा यी सबै नेपाली जनताको भावना र मागलाई लत्याएर हतारमा संसद्वाट पास गर्न खोजेकोमा केन्द्रीय जनपरिषद् नेपाल आपत्ति प्रकट गर्दछ र सरकारको यो अभिव्यक्ति जनताको मागलाई ध्यान दिँदै तुरुन्त फिर्ता लिन अनुरोध गर्दछ ।
सबैलाई थाहा छ सरकारको यो वक्तव्य अमूर्त भए पनि एमसीसीप्रति लक्षित छ । ४ दिनअगाडि मात्र प्रधानमन्त्रीले एमसीसी सदनबाट पास गर्न खोजेको अभिव्यक्ति आउनु, त्यसको दुई दिनपछि गृह मन्त्रालयले यो वक्तव्य सार्वजनिक गर्नु, त्यसको २ दिन नबित्दै यही भदौ २३ गते सङ्घीय संसद्को अधिवेशन आह्वान गर्नु र २÷३ दिनपछि नै एमसीसीको उपाध्यक्षको नेपाल आगमनले यी सबै सरकारी गतिविधि र अभिव्यक्ति एमसीसी पास गर्नमा केन्द्रित रहेको स्पष्ट हुन्छ । हामी वर्तमान सरकार र प्रधानमन्त्री तथा जनताको मतबाट निर्वाचित माननीय सांसदज्यूहरूसँग यो राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट पास नगर्न, जनताको आकाङ्क्षा एवम् स्वतन्त्र, स्वाभिमान छातीमा संसद् भवनबाट एमसीसीमा सही गरेर छुरी नहान्न र आत्मघाती कार्य नगर्न विनम्र अनुरोध गर्दछौँ । अन्यथा यसबाट उत्पन्न हुने भाबी समस्याको भागीदार आफैँ हुनु पर्नेछ । यो एउटा सच्चा नागरिकको हित चाहने संस्थाको हैसियतले हामी सरकार, सांसद, ब्युरोक्रेसी, नगरिक समाज र यससँग सरोकार राख्ने आम सचेत नेपाली जनतालाई सचेत गराउन चाहन्छौँ । निश्चय पनि नेपाल नेपालीहरूको हो । हामी नेपालको विकास र समृद्धि चाहन्छौँ । हामी कुनै पनि मित्र राष्ट्रको सही नियतमा प्राप्त हुने सहयोगको स्वागत गर्दछौँ, गर्नुपर्छ तर सहयोगका नाममा कुनियत र दुर्नियतका साथ दिइने कुनै पनि आकारको सहयोग, रकम स्वीकार्य छैन । सहयोगका नाममा देश र राष्ट्रियतालाई नै भेटी चढाउने नेपालीहरूको परम्परा र संस्कार पनि होइन । निःस्वार्थ र स्वच्छ आत्माले नेपाल र नेपाली जनताको विकास र प्रगतिका लागि कुनै पनि मित्र राष्ट्रले दिने सहयोगप्रति हामी सकारात्मक नै छौँ तर एमसीसीजस्ता राष्ट्रघाती परियोजनाको विज्ञ, बुद्धिजीवी, राष्ट्रसेवक सबैले विरोध गर्दागर्दै पास गर्न खोज्नुलाई हामीले असाध्य दुःखदायी घटना ठानेका छौँ । नेपाली राष्ट्रियतामाथि आउने सम्पूर्ण नकारात्मक कदमहरू हामी नेपालीहरूको सरोकारका विषय हुन् । यसबारे कुनै पनि नेपालीहरूले उठाउने विषयहरू नेपाल र नेपाली जनताको हितभन्दा बाहिर छैनन् र हुनु हुँदैन तर त्यसैको कारण अभिव्यक्ति स्वतन्त्रता र नागरिकहरूलाई देश, जनता, राष्ट्रका हित र अहित हुने विषयहरूमा सुसूचित हुने अधिकारबाट वञ्चित गर्नु र अभिव्यक्ति तथा अन्य गतिविधिहरूमाथि प्रतिबन्ध र धम्कीको भाषाले फेरि देश कता जाँदैछ भन्नेमा सबै देशभक्त जनतालाई झस्काएको छ । यसप्रति सबै देशभक्त, प्रगतिशील तथा स्वाभिमानी नेपाली नागरिकहरू सचेत रहन, राष्ट्र र जनहितका लागि एकजुट हुन र त्यसका लागि हाम्रो ऐक्यबद्धता रहेको पनि विज्ञप्तिमार्फत जनाएको छ ।