Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

एमसीसीविरोधी नेता संगठित हुँदै, झलनाथदेखि विप्लवसम्म एउटै मञ्चमा

काठमाडौं । अमेरिकी सहायता परियोजना एमसीसी अनुमोदन भएको विरोधमा यसअघिदेखि नै आन्दोलित भएका साना कम्युनिष्ट पार्टी र मोर्चाले शुक्रबार जनसभामा गर्ने भएका छन् ।
खुल्लामञ्चमा हुने सभामा आन्दोलित साना वाम दलका साथै सत्ता गठबन्धनमा रहेका एमसीसीविरोधी नेताहरूले समेत सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।
सभालाई पूर्वप्रधानमन्त्री एवम एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ र एमाले नेता भीम रावलले पनि सम्बोधन गर्ने भएका हुन् ।
त्यस्तै हालै सत्ता गठबन्धनबाट बाहिरिएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा ९क्रान्तिकारी माओवादी० का महासचिव मोहन वैद्य, आहुतीलगायतका नेताहरू पनि जनसभाका प्रमुख वक्तामा छन् ।


सम्बन्धित समाचार