Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । भन्दा अचम्म लाग्न सक्छ । एमाले र काँग्रेस संसदमा गाँड कोराकोर गरेका छन् । जनतालाई देखाउन यो जडिबुटी यार्सागुम्बा जस्तै हो । तर कुराको चुरो छुट्टै छ । भौतिक पूर्वाधार तथा यतायतात मन्त्रालयमा उपप्रमसहित एमालेका नामुद भ्रष्ट रघुवीर महासेठ मन्त्री छन् । मधेशको उहाँलाई एमालेले पार्टीगत रुपमा कोशी प्रदेश इञ्चार्ज बनाएर मधेश प्रदेशमा कोशीका नेता योगेश भट्टराईलाई इञ्चार्ज बनाउनु पनि सडकका सुई र डिभिजन प्रमुखहरूको सरुवा र थमौतीसँग जोडिएकै छ ।
विगतमा त्यही मन्त्रालmय हाँकेका रघुवीर महासेठ र श्रीमती जुली महतो बदनाम थिए । यिनले ०७४ देखि ०७६ सम्म दोहन गरेकै हुन् । काँग्रेसका सिग्देल त्यही बेलाका सूत्र हुन् । जसपाको इस्तियाक राईन रेणु यादवसम्म मन्त्री बन्दा भौतिक पूर्वाधार चरम विवादमा थियो । ०७९ को निर्वाचनपछि नेकपा एसका प्रकाश ज्वाला मन्त्री भए । यिनी असक्षम थिए, बदनाम भएनन् । त्यहाँ नारायणकाजी श्रेष्ठले छोटो नेतृत्व लिए । उनले नै ऊर्जाको सिञ्चाईमा कार्यक्षेत्र भएका सचिव केशव शर्मालाई भौतिकमा ल्याएर शर्मा पहिले पनि त्यही थिए । नेकपा एमालेले केशवलाई च्याप्न चाहेन बरु केशव काँग्रेसकी कुलदेवी डा. आरजु राणाका माइती खलकको पुरेतका छोरा गोपाल सिग्देलबाट जलशक्ति आयोगमा खेदिए । भौतिक मन्त्रालयलाई एमालेका बसन्त नेम्वाङ र माओवादीका नारायणकाजी श्रेष्ठले ट्य्राकमा ल्याएका हुन् । यी दुवै मन्त्रीसँग केशवको राम्रो थियो । ५÷१० हजारमा चासो नदिने ठूला आयोजनाको ठेक्कामा सेटिङ मिलाएपछि केशव अरुका अगाडि साधु नै भए । काँग्रेस प्रेस युनियनको सञ्चार साधन बिनाको नेता बद्री सिग्देलका दाजु गोपाल सिग्देललाई डा. आरजुको च्यानलबाट रघुवीरले आफूसँग ल्याउनुको कारण उठती चर्काउनु हो । किनकि सिग्देल रघुवीरको चरित्र प्रवृत्तिको जानकार सडकमा छँदै भएका हुन् । भौतिक मन्त्रालयलाई कामयावी नेताको जरुरी पर्छ । त्यहाँ पुगेर काम गर्न नसके पनि विवादमा नपरेका प्रकाश बुढाथोकी (ज्वाला) हुन् । एमालेका मन्त्री काँग्रेसका सचिव भएपछि त्यो मन्त्रालयले काठमाडौंका मेयर बालेनसँग भिड्नु पर्ने बनाइँदैछ । किनकि बालेन काम गर्छन् यी देश लुट्छन् । एमाले मन्त्री, एमालेकै सहसचिव, उपसचिवहरूले सरुवा हुनु पर्ने बाध्यता अहिले खडा भएको छ । दलगत रुपमा एमाले जोडिए पनि अवस्था र त्यो व्यवसाय चम्काउने काममा लगानीको भर पर्दछ । आफ्नै पार्टीको सरकार, एमालेका मन्त्रीहरू भएका बेला एमालेकै कर्मचारी डाँडा पाखा तिर लथालिंग बनाएर मन्त्री र सचिवले मन्त्रालय कसरी स्वच्छ राख्लान् । अहिले रघुवीरले समय खेर फालेको जनताले थाहा पाएको छ । जुन घरमा अन्न पानी छैन । त्यो घरले परिवार पाल्छ भनेर पत्याइँदैन । अहिले एमालेका मन्त्री, काँग्रेसका सचिव मिलेर आर्थिक वर्षको अन्त्यमा सुई र डिई फेरिनु भनेको लुट्नु नै हो । एमालेका कर्मचारीलाई बर्खाभरको खेती बाँदरले भेटी भनेको यही हो । केशव शर्मा पनि चर्को एमाले भए पनि जिल्लावासीका नाताले प्रधानमन्त्रीले च्यापेका थिए । अहिले मदन भण्डारी राजमार्ग निर्देशनालय, क्षेत्रीय सडक कार्यालय, बबरमहल, पोखरा दमका सूईह फेरिएका छन् । यो सरुवाको मुल उद्देश्य नै पैसा उठाउनु हो । प्रम प्रचण्डका सेनामेनाको काम पनि पैसा उठाउनु नै हो । डा. आरजुका पुजारीका पुत्र सिग्देललाई ऊर्जाबाट भौतिकमा ल्याउनु नै रघुवीरको लुट चम्काउनु हो । यहाँ रघुवीरलाई सघाउने योगेश भट्टराई पनि हुन् । अध्यक्ष ओलीसम्म घुस पु¥याउनकै लागि रघुवीर जोडिएका हुन् । कान्तिपुरका कैलाश सिरोहियाको ठगी राम्ररी बुझेका रघुवीरले काठमाडौं महानगरको सम्पत्ति बसपार्क कब्जा गरी महानगरपालिकालाई ठगी रहेका छन् । यो सत्य केपीलाई थाहा छ । महानगरको केशमा एमालेका नेता कार्यकर्ताको साथ थियो । तर अहिले काँग्रेसकी कुलदेवी डा. आरजु देउवाको साथ रहेको छ । किनकि मेयर बालेनले रघुवीरलाई माटो पठाएर गिरिबन्धु चम्काउने ओलीको ठाउँमा प्रहार गरेका हुन् ।
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल
२०८१ मंसिर ८
ताजा नेपाल